प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण : चिकित्सा र राजनीति क्षेत्रमा परेका दुई प्रभाव

 

गत बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण भएको छ । चिकित्सक साथीहरुले दिएको जानकारी अनुसार प्रधानमन्त्रीको यो दोश्रो मिर्गौला प्रत्यारोपण सामान्य नागरिकको जसरी हुनुपर्ने हो त्यसरी नै भएको हो ।

सफल प्रत्यारोपणमा सबैको योगदान र शुभकामना अपरिहार्य थियो र छ । यसका लागि परिवार, समाज र आम नागरिक अत्यन्त खुसी छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको योगदान प्रति जनता आभारी छन् ।

मिर्गौला प्रत्यारोपण गराएका र गर्न प्रतिक्षा सूचिमा रहेका विरामीहरुका साथै शुभचिन्तकहरु स्वदेशमा हुने सफल प्रयारोपण पछि थप आशावादी र विश्वस्थ भएका छन् । र,  यो  पूरै देशवासीका लागि यो शुभ सन्देश पनि हो ।

नेपालमा हरेक बर्ष सयौंको संख्यामा मिर्गौला प्रयारोपण हुने गरेको छ सामान्य नागरिकको । दोस्रो पटक प्रत्यारोपण भएकाहरुको संख्या पनि थुप्रो छ । देशमा अब्बल चिकित्सकहरु छन्  र यस प्रकृतिका प्रत्यारोपणहरु  भै रहेका छन् ।

प्रधानमन्त्री ओली यसअघि ठूलो खाले उपचार गर्न विदेश जाने गर्नुहुन्थ्यो । देशको विशिष्ठ व्यक्ति वा भनौँ कार्यकारी प्रधानमन्त्री उपचारका लागि विदेश जाने विषय सामान्य प्रक्रिया हो ।  त्यसैले पनि होला मिर्गौला प्रत्यारोपणको हल्ला चल्नासाथ सम्भावित मुलुकहरुको नामै तोकेर समाचारहरु आए । समाचारमा आएजस्तै धेरैको अनुमान पनि त्यहि थियो ।

तर, धेरैको अनुमान गलत सावित गरिदिदै प्रधानमन्त्री ओलीले स्वदेशकै र त्यो पनि सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउने घोषणा गर्नुभयो । आफ्नो दोस्रो पटक प्रत्यारोपण गराउन नेपाली डाक्टर नै रोज्नु भयो । प्रधानमन्त्री जस्तो व्यक्तिले स्वदेश कै सरकारी अस्पतालमा नेपाली चिकित्सकहरुबाट मिर्गौला प्रत्यारोपण गराउने विषय आँफैमा असाधारण थियो । शुभकामना सबैले दिएका छन्, यसलाई देशको गौरवका रुपमा लिनु पर्दछ । 

प्रधानमन्त्रीको यो प्रत्यारोपणले चिकित्सा क्षेत्र र राजनीति क्षेत्रमा दुईवटा गहिरो सन्देश छाडेको छ ।

१. चिकित्सा क्षेत्र :

नेपालका कार्यकारी प्रमुखले स्वदेशकै चिकित्सकलाई विश्वास गरेर सरकारी अस्पतालमा दोस्रो पटकको मिर्गौला प्रत्यारोपण गराउनु चानचुने कुरा होइन । नेपाली चिकित्सकहरुले प्रधानमन्त्री ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सहज ढंगले सफल पारे । यसले आम चिकित्सा क्षेत्रलाई गर्व गर्ने अवस्था सिर्जना गरिदिएको छ ।

कुरा त्यतिमै मात्रै सिमित हुँदैन ।

अब यसको मतलब नेपाली चिकित्सकहरुले केपी ओलीको प्रत्यारोपण सफल भयो भन्नेमा सीमित हुने विषय भएन । अब आईन्दा विशिष्ठ ब्यक्तिको उपचार सफलतामा नेपाली चिकित्सकहरु अब्बल हुनुपर्ने थप बध्याता श्रृजना भएको छ । यसका लागि नेपाली चिकित्सकहरु आफ्नो क्षमता र दक्षतामा निपुण हुनुपर्ने बाध्यता श्रृजना भएको छ । नेपाली चिकित्सकहरुले बारम्बार आफ्ने शीप र दक्षता प्रमाणित गर्नु पर्ने कठिन तर सहज दक्षता तिखार्नु बाध्यता आएको छ । हामीलाई विश्वास छ यो काम पूरा हुनेछ ।

२.  राजनीतिक क्षेत्र :

सामान्य  रोगहरुको उपचारमा विदेशी अस्पताल र चिकित्सकमा विश्वास गर्ने राजनैतिक नेतृत्व अव सोच्न बाध्य छ कि विश्वस्तरीय उपचार नेपालमै सम्भव हुँदा विदेश जाने की नेपाल नै उपचार गराउने ? प्रधानमन्त्री लगायत विशिष्ठ व्यक्तिको उपचार स्वदेशमै सम्भव हुँदा बाँकी राजनैतिक नेतृत्व र उच्च पदस्थ व्यक्तित्वको उपचार नेपालमा सम्भव हुने की नहुने ? देशको कार्यकारीको जटिल उपचार स्वदेशमा हुने कुराले नेपाली चिकित्सकको क्षमातामा विश्वास गर्ने की नगर्ने ?

देशका कार्यकारीको उपचार यहि हुन्छ भने अब मुख्य मन्त्रीको उपचारका लागि किन विदेश जाने ? अथवा जानै परे पनि पहिले यहाँ किन नदेखाउने ? यसले सामान्य स्वास्थ्य बिग्रँदा विदेश जाने उच्च व्यक्तित्व राजनीतिक नेतृत्वलाई गजब सन्देश दिएको छ । प्रधानमन्त्रीको यो सफल प्रत्यारोपणले अब आम नेताहरुको रोजाई सरकारी अस्पतालमा हुनै पर्ने सकारात्मक बाध्यता श्रृजना गरिदिएको छ ।

यति मात्रै होइन अब अस्पतालमा व्यवस्थापनमा पनि यो प्रकरणले सकारात्मक दवाव श्रृजना गरेको छ । प्रधानमन्त्रीको जटिल शल्यक्रिया स्वदेशको सरकारी अस्पतालमा भएको विषयले बाँकी सरकारी तथा गैरसरकारी अस्पतालहरुलाई उच्चस्तरीय सेवा प्रवाह गर्नका लागि उत्प्रेरणा दिएको हुनुपर्दछ ।

राजनीतिक दलका नेता, मन्त्री सांसद तथा अन्य उच्च अधिकारीहरु सरह आमनागरिक समेत त्यही विशिष्ठ सेवाको अपेक्षा गर्दछन् भन्ने हेक्का व्यवस्थापकहरुमा समेत हुनुपर्ने चेत पलाउन जरुरी सन्देश यो प्रकरणले दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *