महासचिव पदका उम्मेद्धार डा. पाण्डे भन्छन्, ‘युवाको साथ छ, अग्रजको आशिर्वाद’

- नेपाली हेल्थ

काठमाडौँ, २२ पुस ।  आगामी माघमा हुने नेपाल चिकित्सक संघको निर्वाचनका लागि महासचिव पदमा प्यानलबाट उम्मेद्धारी दिएका डा. बद्री रिजाल र डा. मधुर बस्नेत मात्रै होइन स्वतन्त्र रुपमा उठेका डा. दिपेन्द्र पाण्डेलाई पनि उत्तिकै प्रतिस्पर्धी मानिएको छ ।

प्यानलका दुई जना उम्मेद्धारले दुई साता अघि आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गरी मत माग्न देश दौडाहामा छन् । यता पाण्डेले भने आज मात्रै आफ्नो २५ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । ‘यसको मतलव हामीले चुनावी अभियान ढिला शुरु गर्यौँ भन्ने होइन । हामीले त पहिले देशव्यापी रुपमा डाक्टरहरुसंग सल्लाह सुझाव संकलन गर्यौँ र चुनावी एजेण्डा तय गर्यौँ । हामीले उठाएको यो एजेण्डा देशभरका डाक्टरहरुको साझा एजेण्डा हो,’ आज आयोजित पत्रकार सम्मेलनमा ‘चुनावी अभियान ढिला शुरु भयो कि ?’ भन्ने प्रश्नको जवाफ डा पाण्डेले यसरी दिएका थिए ।  उनको भनाईलाई सहि थप्दै थिए नेपाल मेडिकल काउन्सिलका सदस्य समेत रहेका डा. कालुसिंह खत्री ।

‘नेपाल चिकित्सक संघमा आमूल परिवर्तनको जरुरी छ । त्यसको लागि एजेण्डा सहितको नेतृत्व चाहिन्छ । र त्यो मैले गर्न सक्छु भन्ने आत्मविश्वास छ । र यो मैले भनेर होइन पछिल्लो १० बर्ष यताको मुभमेन्टमा गरेरै देखाएको छु । अनि मैले मात्रै होइन । मेरो समर्थनमा लाग्नु भएका सबै साथीहरु कुनै न कुनै रुपमा मुभमेन्टबाट आउनु भएको छ । र उहाँहरुको विश्वासको रुपमा म खडा भएको छु,’  डा पाण्डेले थपे ।

चिकित्सकहरुका सुविधा, बृत्तिविकास देखि पेशागत सुरक्षासम्मका विषयलाई विस्तृत रुपमा व्याख्या गरी बनाईएको प्रतिवद्धता पत्रलाई आफू जितेर आएपछि लागू गर्न कुनै कसर बाँकी नराख्ने दोहोर्याए ।

एक प्रश्नको जवाफमा डा पाण्डेले भने, ‘अग्रजहरुको आशिर्वाद र सहकर्मीहरुको साथ सहयोग मलाई मिलेको छ । चुनाव त जितिन्छ ।’

पत्रकार सम्मेलनमा डा पाण्डेसंगै रहेका डा. खत्रीले योग्यता र क्षमताको आधारमा नेतृत्व छनौट हुने भन्दै पाण्डेको उम्मेद्धार त्यसैको संज्ञा भएको बताए । उनले चिकित्सक संघलाई राजनीतिक होइन पेशागत संस्थाको रुपमा विकास गर्न पनि डा पाण्डे महासचिव हुनुपर्ने विचार व्यक्त गरे ।

डा. पाण्डेले उठाएको २५ बुँदे प्रतिवद्धता पत्र यस्तो छ

१) चिकित्सकहरुले लामो समयदेखि  उठाएका 3S को मुद्दा :क) Salary : हाल राज्यद्धारा तोकिएको शैषिक शुल्क  तथा  अन्य लगानी ,पेशाको संवेदनशिलता, return of  investment, risk benefit आदीको आधारमा  वैज्ञानीक  किसिमले चिकित्सकको न्यूनतम पारिश्रमिक निधाएरणको लागि
ख) Security  :  छिन्न भिन्न  रहेको चिकित्सकहरुलाई  एकजुट  बनाउन सफल जेल विथवाउट बेलको नारालाई नारा र कानुनमा मात्र सीमित नगरि तत्कालै व्यवहारमा उतार्नको लागि
ग) Specialization : विगत  लामो समयदेखि  उठेको  कलेज अफ फिजिसियन  एण्ड  सर्जन अफ नेपाल लगायतका अवधारणालाई सम्बोधन  हुने गरी  चिकित्सा  शिक्षा ऐनद्धार गठित  नेश्नल बोर्ड अफ मडिकल  स्पेशलिटीलाई तत्कालै कार्यान्वयनमा ल्याउनको लागि।स्वास्थ्य विज्ञान  प्रतिष्ठानहरुलाई  प्रादेशिक अस्पतालसम्म्  विस्तारित  गरी नेपाल  मेडिकल  काउन्सिलले प्रक्षेपण  गरे अनुरुप  आगामी  तीन वर्ष भित्र  पिजी सिट  संख्यालाई  तीन गुण  बढाउनको लागि ।२)  चिकित्सक स‌ंघ सदस्य संख्या  कुल  चिकित्सकको कम्तिमा  ७५ प्रतिशत बनाउने  उद्देश्य लिई  २०२० लाई NMA membership campaign वर्षको रुपमा घोषणा गरी  membership drive को अभियानको लागि । ३) अनलाइन एप्लिकेसनबाट सहज ढंगले  संघ सदस्य बन्ने प्रकृयाको  लागि ।

४) सहज  र वृहत निर्वाचन प्रक्रियाका लागि अनलाइन भोटिङ सफ्टवेयर तयार पारेर प्रयोगमा ल्याउनको लागि । 

५) अनिवार्य छात्रवृत्ति करारका चिकित्सको  हकमा वृत्ति विकासमा  नमारात्मक असर पार्ने  व्यवस्थाहरु खरेज  गरी उच्च शिक्षाको अधिकार लगायतका समुचित  रसम्मनित  व्यवस्थाको पहल गर्नको लागि ।

६) आवासिय लगायतका साबै चिकित्सकको वैज्ञानिक ड्युटी आवर निर्धारणका लागि । 

७) प्रोफेसनल मेडिकल जर्नालिजमको अनिवार्य व्यवस्थाको लागि  नेपाल  प्रेस काउन्सिल र राज्यसँग दवाव दिनको लागि ।

८) २०७१ म तोकिएको चिकित्सकहरुको परामर्श शुल्क अवैज्ञानिक भएकोले मुद्रास्फिती, मुल्यवृद्धि, औजार/उपकरणको कर वृद्धि, शैक्षिक शुल्कको वृद्धि, आयकर वृद्धि आदिलाई मध्यनजर गरी सो परामर्श शुल्क वैज्ञानिक  र चलामान बनाउको लागि । 

९) नेपाल सरकारले विभिन्न समस्यामा घोषण गर्ने तर लागु नगर्ने नीतिका कारण लामो समयदेखि लोक  सेवा आयोगमा  चिकित्सकहरुको  दरबन्दी नबढेकोमा स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयबीच  आवश्यक  सहकार्य गर्दै फास्ट ट्र्याकमा संगठन तथा व्यवस्थापन सर्वे गर्न दवाव दिई  चिकित्सकको दरबन्दी थप  गर्नको लागि।

१०)  संघका प्रत्येक  शाखामा  चिकित्सकलाई कुनै पनि समस्या हुँदा तत्काल  सम्बोधन  हुने गरी र्‍यापिड रेस्पोन्स टिम गठन गर्न  र सो टिमलाई  चाहिने श्रोत साधन ,तालिमको व्यवस्थाको लागि  पहल गर्ने । 

११) संघको  कार्यकारी  समितिलाई नेपालको संविधान २०७२ बमोजिम संघिय  तथा  समाबेशी  बनाउने साथै विधान  संसोधन  गरी  संघको सदस्य भएकै दिनबाट कार्यकारी  समितिको निवार्चनमा उम्मेद्धारी दिन सक्ने  व्यवस्था  बनाउनको लागि ।

१२) राष्ट्रिय  स्वास्थ्य  बीमा कार्यक्रमको  कार्यन्वयन  गर्न  चिकित्सकले खेल्ने  भूमिकाको कदर  स्वरुप सबै चिकित्सक र चिकित्सको परिवारलाई राजयले निशुल्क स्वास्थ्य सेवा  बीमाको व्यवस्था गराउनको लागि । 

१३)  रिसर्च सम्बन्धि  पुस्तक, जर्नल, आर्टिकल आदि  आफ्नो सदस्यहरुलाई  नि:शुल्क  र सहज  पहुँचको लागि एनएमए डिजिटल जर्नल बनाउनको लागि।

१४) चिकित्सक संघ अन्तर्गतको जुनियर डाक्टर्स कमिटीलाई विधान मार्फत आर्थिक र प्रशासनिक सांस्कृति,खेलकुद,सामाजिक गतिविधि  लगायतका विभिन्न  कार्यक्रम संचालनको लागि । 

१५) हरेक  दुई वर्षमा चिकित्सक संघले देशको स्वास्थ्य क्षेत्र,नीति नियबारे आफ्नो अवधारण पत्र  सार्वजनिक  गर्नका लागि।

१६) चिकित्सक स‌ंघको केन्द्रीय र प्रादेशिक कार्यसमितिमा एकल नेतृत्वको विकल्पमा सामुहिक नेतृत्वको अवधारणको विकासको लागि । 

१७) ‘नेप्लिज डक्टर्स डे’लाई नेपाली  चिकितसक समुदायको एउटा भव्य उत्सवको रुपमा मनाउन र आमसर्वसाधारण नेपालीको माझ चिकित्सकको साख र मर्यादा पुनस्र्थापना गर्ने दिवसको  रुपमा सदुपयोग गर्नको लागि।

१८) विदेशी चिकितसक संघहरुसँग  दिपक्षीय  र बहुपक्षीय सम्बन्ध स्थापना र विकास गरी  डक्टर एक्सचेन्ज प्रोगाम, तालिम, सेमिनार, रिसर्च लगायतको  कार्य अघि बढाउनको लागि।

१९) चिकित्सकको प्रेस्किप्सनबिना ओभर द काउन्टर औषधि  बाहेकका औषधि कसैले  बिक्री  वितरण  गर्न नपाईने  व्यवस्थाको कार्यन्वयनको लागि।

२०) चिकित्सा शिक्षाको  स्नातकोत्तर वा  सोभनदा  माथि  अध्यान गर्नको लागि  सहुलियतपूर्ण  शैक्षिक ऋणको  व्यवस्था तत्काल  कार्यान्वयन गर्न दवावको लागि। 

२१) संघको वार्षिक  लेखा  परीक्षणको  प्रतिवेदन  डिजिटल प्ल्याटफर्म मार्फत सम्पूर्ण सदस्यलाई उपलब्ध गराउनको लागि ।

२२) संघलाई  एक बलियो तटस्थ व्यवसायिक गठनको  रुपमा अघि बढाउनको लागि । 

२३) संघबाट प्रदान  गरिने विभिन्न छात्रवृत्त्तिहरुको दायरा बढाउन र पारदर्शी किसिमले  ती छात्रवृति प्रदान  गर्नका लागि ।

२४) संघबाट आन्तरिक र बाह्य श्रोत  जुटाएर अनुसन्धान कोषको व्यवस्था गर्नका लागि । 

२५) संघ अन्तर्गतका सब स्पेसियालिटी कमिटी मार्फत  स्वास्थ्य मन्त्रालयसँग  सहकार्य गरी ट्रिटमेन्ट प्रोटोकल र क्लिनिकल गाइडलाइन बनाई कार्यान्वयनमा ल्याउनको लागि। 


Facebook Comment


थप समाचार