‘पैसाको अभावमा उपचारबाट बन्चित हुन नपर्ने अवस्थाको उपाय खोज्दैछौँ’

436
Shares

काठमाडौँ, ९ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पैसाको अभावमा उपचार हुनबाट बन्चित हुने अवस्थाको अन्त्य गर्ने उपायको खोजी भईरहेको बताएका छन् ।

दादुरा रुवेला खोप अभियान सञ्चालन तथा नियमित खोप सुदृढीकरणको लागि पूर्व तयारी अभिमुखीकरण गोष्ठीको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् ।

‘सरकार सुखी नेपाली समृद्ध नेपालको नारा लिएर अघि बढीरहेको भन्दै मन्त्री ढकालले त्यसको औचित्य सबै नेपालीलाई उपचारको पहुँचमा पु¥याए पछि मात्रै हुने बताएका हुन् । अब कोही पनि नेपालीले पैसाको अभावमा कुनै पनि रोगको उपचारबाट बन्चित हुन नपरोस, त्यसको उपाय के हुन सक्छ ? हामी त्यसको खोजी गर्दैछौँ,’ उनले भने ।

मन्त्री ढकालले सन् २०२३ सम्ममा दादुरा रुवेला निवारण गर्ने नयाँ लक्ष्य पुरा गर्न संघ प्रदेश र स्थानीय तहले मिलेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य सचिव खगराज बरालले सरकारले नियमित खोप कार्यक्रम मार्फत विभिन्न खोपहरु निशुल्क रुपमा प्रदान गरिरहेको भन्दै दादुरा रुवेला खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा रोशन पोखरेल, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा जोश भेन्डेरसन, युनिसेफका प्रतिनिधि इलिक वीचले अभियानको बारेमा बोलेका थिए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमलले दादुरा रुवेलाको अहिलेको अवस्था र भविस्यमा गर्ने योजनाका बारेमा जानकारी दिएका थिए । सोही महाशाखाका पोषण शाखा प्रमुख केदार पराजुलीले खोपको महत्व र सरकारले चालेका योजनाका बारेमा जानकारी दिएका थिए ।

गोष्ठीका लागि सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *