नेशनल मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीमाथि आक्रमणको प्रयास

272
Shares

वीरगञ्ज, ६ मंसिर । अतिरिक्त शुल्कको विरोधमा आन्दोलनतर नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि आक्रमणको प्रयास भएको छ । शुक्रबार अपरान्ह धर्ना दिएर होस्टल फर्केका विद्यार्थीहरुमाथि गेटमै आक्रमणको प्रयास भएको हो । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले छुट्याएको थियो ।

शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिनको समय सकिन ३ दिन बाँकी हुँदा आन्दोलनरत विद्यार्थीले शुक्रबार पनि कलेज अगाडि धर्नामा बसेका थिए । दिउँसो २ बजेदेखि ५ बजेसम्म धर्नामा बसेका उनीहरु धर्ना सकेर होस्टल जाने क्रममा आफूहरुमाथि आक्रमण भएको आन्दोलनरत विद्यार्थीहरुले बताए ।

उनीहरुले आफूहरुमाथि सिनियर विद्यार्थीले आक्रमण गरेको बताए । ‘कतिपय सिनियर विद्यार्थीहरु अहिले कलेज प्रशासन मिलेका छन् । हिजो पनि यस्तै प्रयास गरिएको थियो आज त आक्रमण नै भयो,’एक जना विद्यार्थीले भने ।

प्रहरीले भने आक्रमण नभएको बताएको छ । ‘जुनियर र सिनियर विद्यार्थीबीच विवाद भएको रहेछ । समयमै प्रहरी पुगेर स्थितिलाई नियन्त्रण लियो,’जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी वीरेन्द्र शाहीले भने ।

घटना पछि विद्यार्थीहरुले कलेज प्रशासन र सिनियर विद्यार्थी विरुद्ध समेत नाराबाजी गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *