स्वास्थ्यकर्मी संघको अध्यक्षमा रामजी घिमिरे, महासचिवमा दीपक भट्ट

8.8k
Shares

काठमाडौँ, २४ कात्तिक । नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा रामजी घिमिरे बन्ने निश्चित भएको छ । महिला उपाध्यक्षमा रमिला चौलागाँई बिजयी हुने निश्चित भएको छ । यस्तै महासचिव पदमा दीपकप्रसाद भट्ट आउने पक्का पक्की भएको छ ।   यद्धपी निर्वाचन समितिले आधिकारिक जानकारी दिएको छैन ।

‘अझै पाँच सात मत गणना हुन बाँकी छ तर घिमिरे र भट्टको मतान्तर प्रतिस्पर्धी उम्मेद्धारको भन्दा निकै बढी भईसकेको छ । त्यसैले अबको भोटले नतिजामा फरक पार्दैन,’निर्वाचन अधिकृत भरत खरेलले बताए ।

 

उनले अन्य पदका उम्मेद्धारको पनि अन्तिम मत गणना हुने कार्य भईरहेको भन्दै केही समयमा अन्तिम नतिजा आउने बताए ।

यसपकट विजयी हुन लागेका घिमिरे यसअघि दुई कार्यकाल संघको नेतृत्व गरिसकेका छन् । उनको यो तेस्रो कार्यकाल हुनेछ ।

अध्यक्षका प्रत्यासी रहेका ओम उपाध्यायले घिमिरे विजयी हुने निश्चित भईसकेको बताए । उनले आफ्नो पराजय हुने निश्चित भइसकेको भन्दै आफूलाई मत दिने सबैलाई धन्यवाद दिए ।

नेपाली कांग्रेस समर्थित स्वास्थ्यकर्मीहरुको यो संगठनको नेतृत्वमा पनि संस्थापन पक्ष हावी देखिएको छ । संस्थापन तर्फका मानिने घिमिरे प्यानल नै अगाडी रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *