स्वास्थ्यकर्मी संघको मतगणना शुरु, यस्तो छ प्रारम्भिक मत परिणाम
काठमाडौँ, २४ कात्तिक । नयाँ कार्यसमितिका लागि नेपाल स्वास्थ्यकर्मी संघको आज सम्पन्न निर्वाचनको मतगणना शुरु भएको छ । प्रारम्भिक मत परिणाम अनुसार अध्यक्षमा रामजी घिमिरे केही भोटले अघि देखिएका छन् भने बरिष्ठ उपाध्यक्षमा सरोज साह र महासचिवमा दीपक भट्ट अघि देखिएका छन् ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार अहिलेसम्म १३५ भोट गणना हुँदा अध्यक्षमा घिमिरेको ७० भोट आएको छ भने उपाध्यायको ६१ भोट आएको छ ।
यस्तै बरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह अघि देखिएका छन् । उनको ४९ भोट आएको छ भने अर्का उम्मेद्धार दीपक मुडभरीको ३९ भोट आएको छ । महासचिव पदमा दीपक भट्ट अघि देखिएका छन् । उनको ८० मत आउँदा अर्का उम्मेद्धार शंकर कंडेलको ४० मत आएको बताइएको छ ।
अहिले पाँच ठाँउबाट गणना गरिएकोले अन्तिम मत परिणाम छिटै थाह हुने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]