स्वास्थ्यकर्मी संघकाे निर्वाचनमा ५७५ भाेट खस्याे
काठमाडौ, २४ कात्तिक । विहान ८ बजे देखि शुरू भएकाे नेपाल स्वास्थ्यकर्मी संघकाे निर्वाचन सम्पन्न भएकाे छ ।
मध्यान्ह १२ बजे सकिएकाे निर्वाचनमा ५७५ भाेट खसेकाे छ । निर्वाचनमा कुल ८८१ मतदाता थिए ।
नयाँ कार्यसमितिका लागि संघको नेतृत्व गर्न यसपटक निवर्तमान सह अध्यक्ष ओम उपाध्याय र निवर्तमान अध्यक्ष रामजी घिमिरेले अध्यक्षमा उम्मेद्धारी दिएका थिए ।
यस्तै बरिष्ठ उपाध्यक्षमा दीपक मुडभरीले उम्मेद्धारी दिएका छन् । पहिलेका महासचिव मुडभरीसंग प्रतिस्पर्धा गर्न रामचन्द्र साह उठेका छन् । मुडभरी उपाध्याय प्यानलबाट हुन भने साह र शर्मा घिमिरे प्यानलबाट उम्मेद्धारी दिएका हुन् । यस्तै संघको महासचिव पदमा दीपकप्रसाद भट्ट र शंकर कँडेलेको उम्मेद्धारी परेको थियो ।
महिला उपाध्यक्षमा रमिला चौलागाईँ र मिरा नेपालको उम्मेद्धारी परेको छ । यस्तै कोषाध्यक्षमा राजकुमार तिवारी र सुरेश पासवानको उम्मेद्धारी परेको छ ।
सम्पर्क इमेल : [email protected]