विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ६६ प्रतिशत उत्तीर्ण
काठमाडौँ, २३ कात्तिक । नेपाल मेडिकल काउन्सिललले शनिबार लिएको विशेषज्ञ नाम दर्ता परीक्षा (स्पेशल एक्जाम) ६६ प्रतिशत उत्तीर्ण भएका छन् ।
विहान ९ देखि ११ बजेसम्म नेपाली सेनाको स्वास्थ्य अध्ययन संस्थानमा लिइएको परीक्षामा सहभागी ६५९ जनामध्ये ४३६ जना (६६.१६ प्रतिशत) उत्तीर्ण भएका हुन् ।
काउन्सिलका लाइसेन्स परीक्षा संयोजक प्राडा ढुण्डी पौडेलका अनुसार आजको परीक्षामा विभिन्न ४५ वटा विषयमा पीजी गरेका चिकित्सकहरु सहभागी थिए । उनले परीक्षामा फारम भरेका २ जना अनुपस्थित भएको समेत जानकारी दिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]