बसको ठक्करबाट डाक्टर बाबु र नर्स छोरीको मृत्यु
मोरङ, १८ कात्तिक । गुडीरहेको मोटरसाइकललाई विपरित दिसाबाट आएको बसले ठक्कर दिँदा विराटनगरमा बाबु छोरीको मत्यु भएको छ । मृतक बाबु पेशाले चिकित्सक थिए भने छोरी स्टाफ नर्स थिइन ।
विराटनगर सडक खण्डको बुढीगंगा गाँउपालिकामा आज विहान पौने ८ बजे को१ख ७२२५ नम्बरको बसले विराटनगरतर्फ जाँदै गरेको को२७प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ बाबु छोरीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुन्दरहरैंचा नगरपालिका ११ बस्ने ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझी छन् ।
मोरङ प्रहरीका अनुसार बिहान करिब ७:५० बजे विराटनगरतर्फ को२७प १०२२ नम्बरको मोटरसाइकलमा सवार बाबु-छोरीलाई विपरीत दिशाबाट आउँदै गरेको यात्रुबाहक बसले ठक्कर दिएको थियो। ठक्करले गम्भीर घाइते बाबु-छोरीको विराट मेडिकल कलेज पुर्याउँदा मृत्यु भएको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।
उनका अनुसार बाबु आँखाका डाक्टर हुन्। उनी गोल्छा आँखा अस्पतालमा कार्यरत थिए। स्टाफ नर्स अञ्जली न्युरो अस्पतालमा कार्यरत थिइन्।
‘छोरीलाई अस्पताल छोडेर आफू पनि ड्युटीमा जाने भनी हिँडेका बखत बसले ठक्कर दिँदा दुबैको मृत्यु भएको हो,’ श्रेष्ठले भने।
दुबैको शव पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पतालमा राखिएको छ।
सम्पर्क इमेल : [email protected]