स्तन क्यान्सरको जोखिमबाट यसरी बचौँ

- नेपाली हेल्थ

स्तन क्यान्सर के हो ?
★ स्तनमा रहेका कोषहरुबाट बिकसित हुने यो क्यान्सर पुरुष, महिला दुबैमा हुनसक्छ र शरीरका अरु भागमा पनि फैलनसक्छ ।
स्तन क्यान्सरको अवस्था के छ?
★ यो क्यान्सर जुनसुकै भूगोल र जातजातिका महिलाहरुमा हुनसक्छ, महिलाको जीवनकालमा प्रत्येक ८ मा १ जनामा पाईएको छ ।
★ यो क्यान्सर प्रत्येक २ मिनेटमा १ जनामा पत्ता लाग्ने गरेको छ ।
★ यो क्यान्सर महिलामा बढी देखिने भए पनि पुरुषमा पनि हुनसक्छ ।
★ ४० बर्ष भन्दा बढी उमेरका महिलामा म्यामोग्राफी भन्ने जांच गर्ने हो भने यो क्यान्सरका कारण मृत्यु हुने जोखिमलाई ४० प्रतिशत घटाउन सक्छौ ।
★ यो क्यान्सरलाई समयमै पत्ता लगाउन सक्यौ भने यसबाट हुने मृत्युको जोखिमलाई ४० प्रतिशत घटाउन सक्छौ ।
★ यो क्यान्सर हुने ७५ प्रतिशतमा न त कुनै बंशानुगत गुण हुन्छ न त अन्य जोखिम नै हुन्छ ।
★ यो क्यान्सर छिटो पत्ता लगाउन सक्यो भने बाच्ने सम्भावना ९८ प्रतिशत सम्म हुन्छ तर ढिलो भएमा २७ प्रतिशत तिर झरेर जान्छ ।
नेपालमा
★ ७० प्रतिशत स्तन क्यान्सर ढिलो गरि मात्र पहिचान हुन्छ ।
★ ६० प्रतिशत महिलाहरु डिप्रेसनको शिकार भएको पाईन्छ ।
★ करिब ६७ प्रतिशत उपचारमा स्तन र काखीमा रहेका लसिका ग्रंथिलाई निकालेर फालिन्छ ।
★ प्यालीएटिभ हेरचाह गर्ने संस्था र प्रबिधि कम छ ।
★ ४०-४९ बर्षको उमेर समुहमा यो बढी देखिएको छ ।
★ फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सर पछि स्तन क्यान्सर प्रमुख क्यान्सरको रुपमा देखिन्छ ।
★ प्रति बर्ष करिब २०० जना स्तन क्यान्सरको पहिचान हुने गर्छ, यो प्रत्यक बर्ष ५ प्रतिशतले बढी रहेको छ । तर समुदायमा कैयौ बिरामीहरु पहिचान नभई बसेका छन् ।

स्तन क्यान्सरको लक्षण र चिन्हहरु के के हुनसक्छन?
★ स्तन वा काखीमा दुखाई दिर्घ रुपमा भईरहेमा ।
★ स्तनको छालामा परिवर्तन देखिएमा ।
★ स्तनको आकार र बनावटमा परिवर्तन आएमा ।
★ स्तनको मुन्टोवाट ननिचोरी तरल पदार्थ आएमा  ।
★ स्तनको मुन्टो भित्रतर्फ गडेमा, यसको आकार र स्थानमा परिवर्तन भएमा ।
★ स्तनमा गाँठो अनुभव भएमा ।
★ स्तनको मुन्टो वरिपरीको छाला रातो देखिएमा ।
★ काखीमा वा घाटीको छेउछाउ लासिका ग्रन्थी बढेमा ।

स्तन क्यान्सरको जोखिम कसलाई बढी छ?
★ ढिलो सन्तान जन्माउनेहरु  ।
★ कम उमेरमै महिनावारी शुरु हुने (१२ बर्ष पहिले) र ढिलो उमेरमा महिनावारी सुक्ने (५५ बर्ष पछी) ।
★ पहिले सन्तान ढिलो जन्माउने (३० बर्ष पछी) ।
★ स्तनपान कम गराउने ।
★ बढी चिल्लो बोसोयुक्त खाना खाने ।
★ चुरोट र अत्याधिक रक्सीको सेवन गर्ने ।
★ विकिरणको नजिक रहने  ।

स्तन क्यान्सर शुरुमै पहिचान कसरी गर्ने?
★ स्वयम् स्तन जांच बिधि ।
★ क्लिनिकल जाँच बिधि ।
★ म्यामोग्राफी जांच ।
★ हाई रेजोलुशन भिडियो एक्स रे ।
★ अटोमेटेड होल ब्रेस्ट भिडियो एक्स रे ।
★ एम आर आई  ।

स्तन क्यान्सरको उपचार कस्तो छ?
★ नेपालमा प्राय सबै उपचार बिधि शुरु भईसकेका छन् तर महंगीका कारण धेरै नेपालीको पहुचबाट बाहिर छ ।
★ सर्जरी, रेडियोथेरापी, केमोथेरापी, हर्मोने थेरापी आदि प्रचलित उपचार बिधिहरु हुन् ।
★ स्तन पूर्णनिर्माण सर्जरी गर्ने चलन धेरै कम छ ।

स्तन क्यान्सरमा के के चुनौतीहरु छन् ?
★ नेपालमा स्तन क्यान्सरको अनिवार्य स्क्रिनिग कार्यक्रम नहुनु ।
★ स्तन क्यान्सरको उपचार महँगो हुनु  ।
★ जनचेतनाको कमी हुनु  ।

स्तन क्यान्सर रोकथामको लागि के गर्ने ?
★ स्वास्थ्य चेतानामुलक कार्यक्रम ।
★ स्तन क्यान्सर स्क्रीनिग कार्यक्रम (विश्व स्वास्थ संगठन अनुसार) ।
–  २०-३९ बर्ष: प्रत्येक महिना स्वयम् स्तन जांच बिधि र प्रत्येक ३ बर्षमा स्वास्थकर्मी बाट क्लिनिकल जाँच बिधि
–  ४०-४९ बर्ष: प्रत्येक महिना स्वयम् स्तन जांच बिधि र प्रत्येक बर्ष स्वास्थकर्मी बाट क्लिनिकल जाँच बिधि, ४० बर्षमा म्यामोग्राफी जांच
र त्यसपछि प्रत्येक २-२ बर्षमा म्यामोग्राफी जांच ।
– ५० बर्ष र माथिको उमेर: प्रत्येक महिना स्वयम् स्तन जांच बिधि र प्रत्येक बर्ष स्वास्थकर्मी बाट क्लिनिकल जाँच बिधि र प्रत्येक बर्ष  म्यामोग्राफी जांच
त्यसो भए समयमै स्तन क्यान्सरको पत्ता लगाउन के गर्ने?
★ सबैले स्तन क्यान्सर बारे चेतना बढाउने काम शुरु गरौ ।
★ सबैले आफ्नो स्तन आफै जाँच्ने बिधि शुरु गरौ ।

#डा पराजुली विराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगरका कम्युनिटी मेडिसिन विभागका असिसटेन्ट प्रोफेसर हुन्

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *