एमबीबीएस र बीडीएसमा छात्रबृत्ति दावी गर्न फारम खुल्यो

10.2k
Shares

काठमाडौँ, ६ कात्तिक । प्रवेश परीक्षामा प्राप्त योग्यता क्रमको आधारमा छात्रबृत्ति निर्धारण गर्ने भन्दै शिक्षा मन्त्रालयले एमबीबीएस तथा बीडीएसमा अध्ययन गर्ने विद्यार्थीसंग दरखास्त आवहान गरेको छ ।

मन्त्रालय अन्तरगर्तको छात्रबृत्ति शाखाले आज सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले ६ कात्तिक देखि २० कात्तिक भित्र अनलाइन दरखास्त आवहान गरेको हो ।

सरकारले यसपटक देखि सरकारी मेडिकल तथा प्रतिष्ठानमा एमबीबीएस तथा बीडीएसमा ७५ प्रतिशत छात्रबृत्ति दिने व्यवस्था गरेको छ । यस्तै निजी मेडिकल कलेजमा १० प्रतिशत, विदेशी लगानी भएका निजी मेडिकल कलेजमा २० प्रतिशत छुट्याउने गरेको छ ।

७५ प्रतिशत छात्रबृत्ति दिइने कलेज तथा प्रतिष्ठानहरुमा त्रिविको महाराजगञ्ज मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रहेका छन् ।

यस्तै विदेशी लगानी भएका मणिपाल मेडिकल कलेज पोखरा र कलेज अफ मेडिकल साइन्सेज भरतपुरले कुल सिटसंख्याको २० प्रतिशत छात्रबृत्ति दिनुपर्ने छ । बाँकी मेडिकल कलेजहरुले १० प्रतिशत छात्रबृत्ति दिनुपर्ने प्रावधान छ ।

आज प्रकाशित सूचनामा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको योग्यता क्रम निर्धारण गरिने समेत उल्लेख छ ।

सूचना यस्तो छ

छात्रबृत्ति सम्वन्धी बिस्तृत जानकारीका लागि यहाँ हेर्नुहोस्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *