स्वास्थ्य सचिव डा पुष्पा चौधरीले दिईन पदबाट राजिनामा
काठमाडौँ, ३ कात्तिक । स्वास्थ्य सचिव डा पुष्पा चौधरी सरकारी सेवाबाट अलग हुने भएकी छन् ।
उनले आजैका मिति देखि लागू हुने गरी पदबाट राजिनामा दिएकी छन् । यद्धपी उनको राजिनामा स्वीकृत भएको छैन । उनको राजिनामाका मन्त्रिपरिषदबाट स्वीकृत हुनुपर्छ ।
सचिव पदमा अझै करीब दुई बर्ष पदावधी छँदा छँदै उनले राजिनामा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । धेरैको अनुमान स्वास्थ्य संगठन (डव्लुएचओ)को ‘कन्ट्रि अफिस’ भारतमा गई काम गर्नका लागि उनले राजिनामा दिएको भन्ने छ । हुन पनि डा चौधरीले गत असारमै डव्लुएचओको भारतस्थित ‘कन्ट्रि अफिस’को लागि पी फाइव (सहसचिव तह) लेभलको पोष्टमा छनौट भइसकेकी छन् ।
त्यसबेला समाचार प्रकाशित भएपछि उनले आफू छनौट भएको कुरा स्वीकार गरेकी थिइन । यद्धपी त्यहाँ काम गर्न जाने वा नजाने भन्ने विषय नितान्त व्यक्तिगत रहेको बताउँदै आएकी थिइन ।
यसपटक पनि उनले डव्लुएचको जागिर खान जाने वा नजाने भन्ने बारेमा केही बताउन चाहिनन् । राजिनामा दिएकी हुँ उनले सम्छिप्त प्रतिक्रिया दिइन ।
सचिव चौधरीले यसअघि शुक्रबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाई दायर गरेको आफ्नो रिट फिर्ता लिएकी थिइन ।
सम्पर्क इमेल : [email protected]