नर्भिकमा तौल कम गर्ने शल्यक्रिया सेवाको सुरुवात

काठमाडौं २ असोज । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा नेपाली शल्य चिकित्सकहरुको टोलीले अस्वाभाविक वा ज्यादा मोटोपन कमगर्ने जटिल शल्यक्रिया सेवाको सुरुवात गरेका छन् ।

जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकरुको टोलीले केही दिन अघि अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप र अब्स्ट्रक्टिभ स्लिप अप्निया रोगबाट पीडित ६५ बर्षिया महिलामा उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

इमाडोल निवासी ६५ बर्षीया श्रीमती अञ्जु बुढाथोकी विगत लामो समयदेखि मोटोपनको समस्याबाट पीडित थिइन । डिह्डुल गर्न गाह्रो, रक्तचाप बढेर १६०/९० भन्दा तल नझर्ने समस्या, अलिकति हिड्दा पनि स्वाँ स्वाँ हुने समस्या त छँदै थियो, त्यसमाथि राति निन्द्रा नपर्ने समस्याले बढी नै सताएको थियो । राति तारान्तार पिसाव फेर्न गइरहनुपर्ने अर्को समस्या पनि थियो ।

केहि समयपूर्व अघि उनी नर्भिकको जनरल, जि.आई. एण्ड ल्यापारोस्कोपिक सर्जरी विभागमा परामर्शका लागि पुगिन । अब्स्ट्रक्टिभ स्लिप अप्निया (राती घुर्ने र निन्द्रा नपर्ने) समस्याका लागि नर्भिकका बरिष्ठ श्वास–प्रश्वास रोग विशेषज्ञ प्रा.डा. रमेश चोखानीसँगको परामर्शपश्च्यात जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यचिकित्सकरुको टोलीसंगको परामर्शमा रहेकी थिइन । ‘शुरुमा त निर्णय लिन निकै गाह्रो भयो तर पछि शल्य चिकित्सकहरुको टिमको परामर्श पछि कन्भिन्स भएँ’ उनले भनिन् ।

शल्यक्रियापूर्व ९० केजी तौल भएको उनको तौल अहिले ८५ केजीमा झरीसकेको छ ।

बेरियाट्रिक शल्यक्रिया (जसलाई तौल कमगर्ने शल्यक्रिया वा मेटावोलिक (चयापचय) शल्यक्रिया पनि भनिन्छ ) विशेषतः ज्यादा मोटोपन भएका (जसको बि.एम.आई. ४०के.जी. वा ३५ के.जी. भन्दा बढी भई मोटोपनका कारण सिर्जित मधुमेह, उच्च रक्तचाप, अब्स्ट्रक्टिभ स्लिप अप्निया लगायत डिसलिपिडिमिया जस्ता मुटुजन्य रोग र निःसन्तान वा बाँझोपन जस्ता समस्याको उपचार गर्ने गरिन्छ ।

नर्भिकको जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागले ल्यापारोस्कोपिक कोलो–रेक्टल शल्यक्रिया, ल्यापारेस्कोपिक हर्निया शल्यक्रिया, ल्यापारोस्कोपिक इन्टेस्टाइनल शल्यक्रिया (पित्त थैली, एपेण्डिक्स, र सानो आन्द्राका विविध शल्यक्रियाहरु), पेट/आमाशय, प्याङ्क्रियाजका शल्यक्रियाहरु, तथा ल्यापारोस्कोपिक लिभर (कलेजो) शल्यक्रियाहरु सफलताका साथ नियमित रुपमा गर्दै आएको छ ।

यसखाले तमाम शल्यक्रियात्मक उपचार विश्वसनीयरुपमा स्वदेशमै र सर्वसुभल रुपमा उपलब्ध हुनथाले पश्चात् स्तरीय शल्यक्रियाकालागि अथाह धनराशी खर्चेर विदेश धाउनुपर्ने वाध्यता अब नरहेको शल्यक्रिया टोलीका सदस्य डा. प्रकाश चौधरीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *