स्वयंसेवी रक्तदाता समाजको गोरखा जिल्ला समिति गठन
गोरखा, २९ भदौ । स्वयंसेवी रक्तदाताहरूको गोरखा जिल्ला भेला सम्पन्न शनिबार सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको उपस्थितिमा सम्पन्न उक्त भेलाले रामबहादुर खड्काको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला कार्यसमिति समेत गठन गरेको छ ।
नयाँ कार्यसमितिमा सुरेन लामिछाने उपाध्यक्ष, ज्ञानेन्द्र पोखरेल सचिव र कोषाध्यक्षमा बिमला थापा चुनिएका छन् । त्यसैगरी सदस्यहरूमा क्रमशः झपड बहादुर थापा,ईश्वर बस्नेत, भिम (राजन) प्रसाद काप्री,समिक्षा थापा,भोला भुजेल,रामशरण पोखरेल,कृष्णबहादुर खनाल,दीपक अधिकारी र श्यमकुमार श्रेष्ठ रहेका छन् ।
सो भेलामा नेपाल स्वयंसेवी रक्तदाता समाजका आजिवन सदस्यहरूलाई स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यद्वारा नेपाल स्वयंसेवी रक्तदाता समाजको लोगो अंकित व्याज पहराई सम्मान तथा स्वागत गरेका थिए ।
नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला शाखा समेत गरि २७ जिल्लामा बिस्तार भएको छ ।
सम्पर्क इमेल : [email protected]






नेपाली हेल्थ 

