नर्सिङ काउन्सिल सदस्यको निर्वाचन सकियो, काठमाडौँ केन्द्रमा खस्यो ९७२ भोट

1.6k
Shares

काठमाडौँ, २७ भदौ । नेपाल नर्सिङ काउन्सिलमा रिक्त तीन वटा सदस्य पदका लागि आज भएको शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । देशका विभिन्न १४ स्थानमा मतदान केन्द्र रहेको निर्वाचनमा कति भोट खस्यो भन्ने अहिलेसम्म्म जानकारी आएको छैन । यद्धपी काठमाडौँ केन्द्रमा ९७२ भोट खसेको मतदान अधिकृत गंगा थापाले बताइन ।

उनका अनुसार अहिले जिल्ला जिल्लामा मुचुल्का उठाउने काम भईरहेको र अबको आज बेलुका देखि नै मतगणना गर्ने तयारी निर्वाचन समितिको छ ।

आजको निर्वाचनमा सरला केसी, जीता बराल, डा तारा शाह, कृष्ण कुमारी पौडेल, तुलसादेवी अधिकारी, सिता कार्की, रिना श्रेष्ठ र मित्राकुमारी देवकोटा उम्मेद्धारी दिएका थिए । यी मध्येबाट बढी भोट ल्याउने तीन जना काउन्सिल सदस्यमा छनौट हुने छन् ।

काउन्सिलमा अनमी सहित दर्ता भएको नर्सको संख्या झण्डै ९० हजार पुगेको छ । तर नर्सिङ संघको सदस्यता लिएको नर्सको संख्या १२ हजार ४१ मात्रै छ । मतदानमा पनि संघको सदस्यता लिएका यिनै नर्सले मात्रै भोट दिन पाउने व्यवस्था थियो ।

निर्वाचन समितिले आज विहान विहान ८ बजे देखि अपरान्ह ५ बजेसम्म भोट दिने व्यवस्था गरेको थियो । समितिले बिराटनगर, सुनसरी धरान, जनकपुर, बीरगञ्ज, चितवन, काठमाडौँ, पोखरा, पाल्पा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ र धनकुटामा गरी १४ स्थानमा मतदान केन्द्र तोकेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *