डेङ्गु परीक्षण गर्न ३३१ कीट हस्तान्तरण

128
Shares


हेटौँडा, २८ भदौ । हेटौँडा उपमहानगरपालिका क्षेत्रका डेङ्गुका बिरामीलाई मध्यनजर गर्दै आज परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले डेङ्गु परीक्षण गर्ने कीट हस्तान्तरण गरे। उपमहानगरले ३३१ वटा डेङ्गु परीक्षण गर्ने कीट जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका ल्याब टेक्निसिएन राजकुमार इटेनीलाई डेङ्गु परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको हो । नगरवासीले तिरेको करले उपमहानगरपालिका चलेकाले नगरवासी बिरामी पर्दा सहयोग गर्नेगरी सहयोग गरिएको प्रमुख महतले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय, हेटौँडा अस्पताल पनि प्रदेश सरकार मातहत भए पनि आफूहरुले नगरवासीको हितका लागि डेङ्गु कीट सहयोग गरिएको प्रमुख महतले बताउए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *