नेकपा नेता बामदेव गौतमलाई पनि डेंगु !

1.7k
Shares

काठमाडौँ, २४ भदौ । नेकपाका सचिवालय सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतममा पनि डेंगुको संक्रमणमा देखिएको छ । सोमबार टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल पुगेर परीक्षण गर्दा उनलाई डेंगुको संक्रमण देखिएको हो ।

गत शनिबारबाट आएको ज्वरो नघटेपछि नेता गौतम चिकित्सकको सल्लाहमा शुक्रराज अस्पताल पुगेका थिए । त्यहाँ डेंगु परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

‘हिजो विहान फस्टआवरमै आउनु भएको थियो । त्यसपछि परीक्षण गरियो । डेंगु पोजेटिभ नै देखियो,’ अस्पताल स्रोतले भन्यो ।

गौतम केही समयअगाडि सिंगापुर गएका थिए । उनलाई त्यहीँ संक्रमण भएको हुन सक्ने चिकित्सकले अनुमान गरेका छन् । सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ ।

यसअघि कृषिमन्त्री चक्रपाणि खनाललाई पनि डेंगु देखिएको थियो । उनको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भएको छ । वरिष्ठ आँखा रोग विशेषज्ञ डा। सन्दुक रुइतलाई पनि डेंगु देखिएको छ । उनी नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

हालसम्म ५६ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । सरकारी तथ्यांकअनुसार १ साउनदेखि भाद्र २२ सम्म मात्रै तीन हजार आठ सय ९९ बिरामीमा डेंगु संक्रमण भेटिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *