स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रद्धारा आश्रमका बृद्धाहरुको स्वास्थ्य जाँच

जनकपुर, २२ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले जनकपुरस्थित जानकी बृद्धाआश्रमका वृद्धाहरुको स्वास्थ्य जाँच गरेका छन् ।

शनिबार बिहान व्युटिसियन एसोशिएसन धनुषाले आश्रममा आयोजन गरेको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमलाई उदघाटन गर्दै राज्यमन्त्री डा यादवले केही वृद्धाहरुको स्वास्थ्य परीक्षण आफै गरेका हुन् ।

स्वास्थ्य जाँच गर्दै उनले स्वस्थ्य रहन खानपिन, उठबस तथा अपनाउनुपर्ने संयमताको विषयमा वृद्धाहरुलाई सल्लाह सुझाव दिएका थिए । बृद्धामा बढी दम रोगको समस्या रहेको राज्यमन्त्री यादवको भनाई छ ।

सो अवसरमा उनले आश्रमका वृद्धाहरुको निःशुल्क स्वास्थ्योपचार र औषधिको व्यवस्था गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

शिविरमा वृद्धाहरुलाई निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो । वृद्धाअश्रममा अहिले १६ जना वृद्धाहरु छन् । जानकी वृद्धा आश्रममा सन्तान नभएको तथा सन्तानबाट पीडित वृद्धाहरु बस्ने गर्छन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *