ब्लोदानको २२ औं केन्द्रीय साधारण सभा सम्पन्न

काठमाडौँ, २१ भदौ । रक्तदाता समूहहरुको साझा संस्था ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) केन्द्रको २२ औं साधारण सभा शनिबार राजधानीमा सम्पन्न भएको छ ।

ब्लोदानका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिको सभापतित्व सम्पन्न उक्त साधारण सभालाई सम्वोधन गर्ने प्रमुख वक्ता बनेका थिए काठमाडौं क्षेत्र नं ७ बाट विजयी सांसद सदस्य रामबीर मानन्धर । यस्तै विशिष्ठ अतिथि ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्याल, कामनपा १७ का अध्यक्ष नविन मानन्धर, वरिष्ठ हाँस्य कलाकार सन्तोष पन्त, कास्कुनका उपाध्यक्ष नवराज अर्याल सहित ब्लोदानका वरिष्ठ सल्लाहकार तथा सल्लाहकारहरुको सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन गर्दै सांसद रामबीर मानन्धरले रक्तदानको महत्वबारे चर्चा गरे । उनले ब्लोदानले गर्दै आएको कामहरु स¥हाहनीय रहेको भन्दै रक्तदान जस्तो मानवीय कार्यमा लागेकोमा ब्लोदान परिवारलाई धन्यवाद दिए ।

सोहि कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका उपमेयर गिता सत्यालले प्रत्यक्षरुपमा मानवजीवनसंग सम्बन्ध रहेको रक्तदान जस्तो मानवीय कार्यमा लाग्नु एक पून्यकार्य भएको बताउँदै ललितपुर महानगरपालिकाले रक्तदानको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेको जानकारी दिइन ।

त्यस्तै गरी कास्कुनका उपाध्यक्ष नवराज अर्याल, कामनपा १७ वडा अध्यक्ष नविन मानन्धर, सल्लाहकार राजेश श्रेष्ठ लगायत वरिष्ठ सल्लाहकार लोक नारायण सुवेदीले रक्तदान तथा स्वयंसेवी रक्तदाताहरुको महत्व तथा ब्लोदानले यस क्षेत्रमा गरिरहेको सम्बन्धमा चर्चा गरे ।
कार्यक्रममा व्लोदानका महासचिव केशब महर्जनले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष मचाकाजी महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनीहरुको प्रतिवेदन आवश्यक छलफल पश्चात अनुमोदन गरिएको थियो ।

ब्लोदानका केन्द्रीय अध्यक्ष प्रजापतिले विगत तीन दशक देखि स्वयंसेवी रक्तदानको क्षेत्रमा निरन्तर रुपमा लागिरहेको भन्दै संस्थाले विभिन्न चुनौतीको वावजुद पनि यहाँसम्म आएको धारणा व्यक्त गरे । उनले ब्लोदानले स्वयंसेवी रक्तदानको क्षेत्रमा सरोकारवालाहरुसंग समन्वय गर्दै अगाडि बढ्दै उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीलाई सहजरुपमा रगत उपलब्ध गराउने कार्यमा सक्रिय भएर लागि रहेको जानकारी दिए ।

सो कार्यक्रममा ब्लोदान अफ दि इयरबाट ब्लोदानका महासचिव केशब महर्जन, ब्लोदानका सल्लाहकार राजेन्द्रकुमार श्रेष्ठ तथा केन्द्रीय रक्तसंचार सेवाबाट वरिष्ठ जनसम्पर्क सहायक लक्षिमा भट्टराईलाई सम्मान गरिएको थियो । त्यस्तै ब्लड फण्डमा सहयोग गर्नुहुने नारायण बहादुर बासुकला, कृष्णप्रसाद मानन्धर तथा पूर्णकाजी प्रजापतिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

ब्लोदानका केन्द्रीय सचिव उज्वल के. सी.ले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष सुभद्रा खड्काले स्वागत मन्तव्य राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *