मिर्गौला र घुँडा प्रत्यारोपणमा अत्याधुनिक प्रविधि भित्र्याएका छौँ : अपोलो अस्पताल
काठमाडौँ, २१ भदौ । भारतको नयाँदिल्ली स्थित इन्द्रप्रस्थ अपोलो अस्पतालका चिकित्सकले मिर्गौला प्रत्यारोपण र घुँडा परिवर्तन (रिप्लेसमेन्ट सर्जरी)का लागि अत्याधुनिक उपचार विधि शुरु गरेको बताएका छन् ।
शुक्रबार राजधानीमा गरिएको एक पत्रकार सम्मेलनमा अपोलोबाट आएका चिकित्सकहरुले मिर्गौला रोग र घुँडा सम्वन्धी रोगको उपचारका लागि आफूहरुले भित्र्याएको नयाँ प्रविधिबारे जानकारी दिए ।
पत्रकार सम्मेलनमा अपोलोका बरिष्ठ रिनल ट्रान्सप्लान्ट सर्जन प्राडा सन्दिप गुलरिया, युरोलोजिष्ट डा एन सुब्रमन्यन, र अर्थोपेडिक सर्जन डा यस गुलाटीले अस्पतालले भित्र्याएको उपचार पद्धतीका बारेमा बताएका थिए ।
यस्तै अपोलोको डेपुटी जनरल म्यानेजर अजय भारध्वाजले नेपाली विरामीले लिन सक्ने सुविधाबारेमा प्रकाश पारेका थिए । उनले अपोलोमा नेपाली र भारतीयलाई लिने उपचार खर्च समान भएको जानकारी दिए । उनले अझ नेपाली विरामीको लागि एयरपोर्टबाट निशुल्क पिकअप ड्रपको सुविधा दिएको जानकारी दिए ।
सो अवसरमा चिकित्सकहरुको टोलीले मिर्गौला र घुँडाको उपचारका लागि अस्पतालमा भएका प्रविधिको बारेमा जानकारी गराएका थिए ।
कन्सलट्यान्ट युरोलोजिष्ट डा एन सुब्रमन्यन भन्छन्, ‘२१ हजार बढीको मिर्गौला प्रत्यारोपण गरेका छौँ । अहिले हाम्रो टिममा रिनाउन डाक्टर र प्रविधि थपिएका छन् । हाम्रो सक्सेस रेट ९७ प्रतिशत भन्दा बढी छ । अपोलो मल्टीस्पेश्यालिटी अस्पताल हो । त्यसैले पनि नेपालबाट जाने विरामीले यो थाह पाउन जरुरी छ ।’
डा गुलाटीका अनुसार अपोलोमा घुडा परिवर्तन ( नि रिप्लेसमेन्ट) उपचारमा नयाँ र विकसित पद्धती भित्रयाइएको छ । पहिले यसका लागि पुरै घुँडा निकाल्नु पर्दथ्यो तर अव विग्रेको भाग मात्रै निकालेर रिप्लेस गर्न सकिन्छ । यसले धेरै ठूलो शल्यक्रिया गर्नु पनि पर्दैन र विरामी छिटो निको हुन्छ । करीब ३० प्रतिशत विरामीको यो नयाँ पद्धतीबाट घुँडाको प्रत्यारोपण गर्न सकिन्छ ।
कार्यक्रममा मिर्गौला रोग र फेल हुने अवस्था, घुँडामा देखिने समस्या देखिने कारणका बारेमा समेत चिकित्सकहरुले जानकारी गराएका थिए ।
भारध्वाजका अनुसार अपोलोमा मात्रै नेपालाबाट हरेक महिना विभिन्न रोगको उपचारका लागि ३ सय बढी नेपाली जाने गर्दछन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ