गर्भवतीको हेलिकप्टरमा उद्धार तर बचेन शिशु

680
Shares

हुम्ला, १९ साउन । नाम्खा गाउँपालिकाकी एक गर्भवतीको शनिबार हेलिकप्टरबाट उद्धार गरिएको छ । हिमालपारिको बस्ती नाम्खा गाउँपालिका–६ लिमी की ३५ वर्षीया सोनाम टेन्डी लामाको हेलिकप्टरमा उद्धार गरिएको हो ।

सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा जन्माउन नसकेपछि उनलाई लिमीबाट हेलिकप्टरमार्फत जिल्ला अस्पताल पु¥याइएको छेपाल दोर्जे लामाले जानकारी दिए । अस्पतालमा ल्याएपछि शल्यक्रिया गरी सुत्केरी भएपनि शिशुको भएको डा सिद्धार्थ खातीले बताए । आमाको स्वास्थ्य भने अहिले सामान्य रहेको छ ।

पाँच जना स्वास्थ्यकर्मी हुनुपर्ने लिमीमा एक जना पनि छैनन्

जिल्लाको उत्तरी क्षेत्रमा रहेको लिमी स्वास्थ्यचौकीमा पाँच जनाको दरबन्दी भए पनि स्वास्थ्यकर्मीबिहीन छ । लिमी स्वास्थ्यचौकीमा अहिले कर्मचारी कोही पनि नभएको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

दुई अनमी, दुई अहेब र एक सिनियर अहेवको दरबन्दी रहे पनि अहिले स्वास्थ्यचौकीमा कोही नभएको जिल्ला अस्पतालले जानकारी दिएको छ । स्वास्थ्यकर्मी नहुँदा सुत्केरी व्यथा लागेकी लामालाई लिमीदेखि सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा पु¥याउन हेलिकप्टरको भाडा रु एक लाख ५० हजार तिर्नुपरेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *