वीर अस्पतालमा स्वास्थ्यकर्मीको अभाव: एक सय शैय्याको भवन सञ्चालनमा आएन

708
Shares

काठमाडौँ, १२ साउन । चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सबैभन्दा जेठो वीर अस्पतालमा चिकित्सक, नर्स तथा प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मीको अभाव भएको छ । यही अभावका कारण जापानी सहयोग नियोग जाइकाले निर्माण गरी दुईहप्ता अगाडि हस्तान्तरण भएको एकसय श्ययाको नयाँ भवन प्रयोगमा आउन सकेको छैन ।

बिनाशकारी भूकम्पले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको अस्पताल भवन जापान सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको थियो ।

अस्पतालको १३० औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा निर्देशक डा केदार सेञ्जुरीले भने, “नयाँ भवन बन्यो तर चिकित्सक, नर्स र आवश्यक उपकरण तथा उपकरण सञ्चालन गर्ने जनशक्तिको अभावमा सञ्चालन गर्न सकिएको छैन ।”

नयाँ भवन सञ्चालनमा ल्याउन चाहिने स्वास्थ्यकर्मीको सङ्ख्या उनले केही खुलाएनन् । विसं १९४७ आजकै दिन अस्पताल १५ श्ययाबाट अस्पताल सञ्चालनमा आएको थियो । चिकित्सा शिक्षा र स्वास्थ्यसेवाको केन्द्रीय अस्पताल ( रिफर सेन्टर) ४६० श्ययामा गरीब जनतालाई विशेषज्ञ सेवा प्रदान गर्ने गर्दछ । नर्सिङमा प्रवीणता प्रमाण तहदेखि एमडि, एमबिबिएस, एमएस, एफआरसिएस, पिजी, पीएचडीलगायत क्षेत्रमा अध्यापन हुने गर्दछ ।

नयाँ भवन सञ्चालन एवं नयाँ जनशक्ति थप गर्न अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको थियो । हालसम्म कुनै जानकारी नआएको निर्देशक सेञ्जुरीले बताए ।

विसं २०५९ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्थापना भएको थियो ।

एक बर्षमा कति जनाले लिए उपचार सेवा ?

गतवर्ष अस्पतालले ४४ हजार ५३४ आकस्मिक, तीन लाख ७८ हजार अन्तरङ, भर्ना १३ हजार १५९, शल्यक्रिया छ हजार ८७७ बिरामीलाई सेवा प्रदान गरिएको थियो ।

यसैगरी आठ हजार ९०८ ज्येष्ठ नागरिकको निःशुल्क सेवासमेत प्रदान गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।
दैनिक मिर्गौला प्रत्यारोपणको तयारी

अस्पतालका निर्देशक चिकित्सक सेञ्जुरीले प्रत्येक हप्ता निःशुल्क मिर्गौला प्रत्यारोपण गरिँदै आएको र अव हरेक दिन प्रत्यारोपणको तयारी गर्न लागिएको र २० आकास्मिक श्यया थप गर्न लागिएको जानकारीसमेत जानकारी दिए । हालसम्म अस्पतालले १४ जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको छ ।

अस्पतालमा रहेका २३ आकास्मिक श्ययामध्ये २० जनाले काम गर्छन् । अस्पतालले हालसम्म बालरोग तथा स्त्रीरोग विशेषज्ञ सेवा दिन सकेको छैन ।

अर्बद रोगको उपचारका लागि रेडियोथेरापी, टेमोथेरापी जडानका कार्य अन्तिमचरणमा पुगेको, नशा सम्बन्धी थप उच्चस्तरीय सेवा दिन उपकरण जडान जारी रहेको पनि कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा प्रतिष्ठानका रजिष्ट्रार प्रा प्रमिला देवानले नयाँ एक सय श्ययाको भवन सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरणको व्यवस्था गर्न, नर्सिङ क्याम्पस पुनः अस्पतालको हाताभित्रै सञ्चालनमा ल्याउन, नयाँ सर्जिकल भवनका लागि आवश्यक उपकरणको व्यवस्था गर्न, दुवाकोटस्थित अस्पताल प्रभावकारी सञ्चालन गर्न मन्त्रालयले सहयोग गर्नुपर्ने बताए ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संविधान प्रदत्त मौलिक हक कार्यान्वयन गर्न नयाँ स्वास्थ्य नीति ल्याइएको उल्लेख गर्दै अस्पतालले आगामी दिनमा प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिए । उनले भने, “चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका लागि अस्पतालले पु¥याएको सेवा विस्तार गर्नु जरुरी छ ।” मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मन्त्रालयअन्तर्गतका १७ अस्पतालका जनशक्ति व्यवस्थापनमा मन्त्रालयले छिट्टै निर्णय लिने जानकारी गराए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *