वीर अस्पताल : हिजो, आज र भोलि

  • हिमालय तिवारी

वीर अस्पतालको आज १३० औँ बार्षिकोत्सव । राणा प्रधानमन्त्री श्री ३ महाराज वीर शमशेरको आदेशमा विसं १९४७ साउन १२ गते यो अस्पताल स्थापना भएको हो ।

स्थापानाको शुरुवात राजा महाराजाहरुका परिवारको लागि खोलिएको भए पनि तत्कालिन प्रधानमन्त्री वीर शमशेर शमसेरले सर्वसाधारणका लागि समेत उपचार पाउने व्यवस्था गरेका थिए। वीर अस्पताल स्थापना नेपालको स्वास्थ्य इतिहास मै ऐतिहासिक बन्न पुग्यो र स्वास्थ्य प्रदायक पहिलो आधिकारिक संस्था बन्न पुग्यो ।

अहिले वीर अस्पताल सबै जनताको आशा भरोसाको केन्द्र बन्न पुगेको छ । देशभरका सबै बर्गका जनताको विश्वास जित्न सफल भएको छ ।शुरुका दिनमा १५ शैय्याबाट शुरू भएको यो अस्पताल हाल शैया मा संचालित छ ।

वीर अस्पताल आफुलाई विकास गर्ने क्रममा छ । बिरामीको उपचार गर्ने मात्र नभएर दक्ष जनशक्ति उत्पादन गर्ने संस्था बनेको छ।

अस्पतालको उत्तर तिर निकै रफ्तारले बनेको सर्जिकल ब्लक हेर्दा मन आनन्दित हुन्छ खुसी लाग्छ । त्यों सोचे भन्दा निकै राम्रो गतिमा बनेको छ । यसले अस्पतालको सेवा विस्तारमा ठूलो टेवा पुग्ने देखिएको छ ।

केपी शर्मा ओलीले अघिल्लो सरकारको नेतृत्व गर्दा अर्थमन्त्री विष्णु पौडेलको बिशेष पहलमा यो परियोजना अगाडि बढेको हो । बन्छ कि बन्दैन भन्ने अन्योललाई चिर्दै सम्माननीय प्रधानमन्त्रीबाट ७ तलाको भवनको शिलान्यास गरे पछि पक्का बन्नेमा बिश्वस्थ रहे पनि सोचे भन्दा राम्रो संग काम भए पछि सबैलाई खुसी तुल्याएको छ । त्यस्तै पछाडि पट्टी जापानी सहयोग नियोग (जाइका) ले बनाई दिएको विशिष्ट सेवा दिने भवनको उदघाटन पश्चात सेवा शुरू गरेको छ र बिशेष रोगहरुको उपचार शुरू गरेको छ ।

सबै नेपालीको आस्था केन्द्र बन्दै छ वीर

उपचारका लागि आम सर्वसाधारणको पहिलो रोजाई बनेको छ वीर अस्पताल । वीर अस्पतालले पनि आफुलाई समय अनुकूल विकास गर्दै लागेको छ । विशिष्ट बिशेषज्ञको सेवा र स्तरीय उपचार प्रणाली अत्याधुनिक मेसिन को कारण पनि वीर विश्वासिलो बन्दै गएको छ । तर समय अनुकूल यसको क्षमता विस्तार हुन सकेको छैन ।

सिमित शैय्या र पूरा भवनले सोचे जति सुबिधा दिन नसकिरहेको बेला अब बन्ने नयाँ संरचनाबाट धेरै हदसम्म समस्याको सामाधान हुने विश्वास गरिएको छ ।

त्यसो त सरकारले वीर अस्पताललाई दुवाकोटमा समेत विस्तार गर्दै छ । प्रधानमन्त्री ओलीले अघिल्लो पटक सरकारको नेतृत्व गर्दा दुवाकोटमा जग्गा दिएर बजेट छुट्याए पछि त्यों बन्ने प्रक्रियामा छ । यसले झन उत्साहित बनाएको छ ।

अब सर्जिकल ब्लक बने पछि सायद अर्को बर्ष पछि कुनै नेपालीले समय मै शल्यक्रिया गर्नबाट बन्चित हुनु पर्ने छैन ।

अझै गर्नुपर्ने काम

वीर अस्पताललाई विशिष्ठ अस्पताल बनाउनु पर्छ, रेफरल सेन्टरको रूपमा विकास गर्नु पर्छ । अहिले वीरसंगै राष्ट्रिय ट्रमा सेंटर छ हरेक दिन त्यहाँ दुर्घटना भएर आउँछन । घाइते मध्ये कतिको ब्रेन डेथ हुन्छ ती बाट विभिन्न अंग लिन सके अरुका लागि काम लाग्न सक्छ । किनभने वीर एउटा प्रत्यारोपणको हव बन्न सक्छ । वीर अस्पताललाई अनुसन्धानकेन्द्रको रुपमा विकास गरिनु पर्दछ ।

नेपालीले बार्षिक अरबौँ रकम उपचारको लागि विदेश जाने गरेको छ । त्यो अरबौँ विदेश जाने पैसा रोक्नको लागि पनि वीर अस्पतालले आफुलाई आधुनिकरण स्तरीय रुपमा क्षमता विस्तार गर्नुपर्छ ।

दुवाकोटमा बन्न लागेको अस्पताल छिटो सम्पन्न ग़री नेपाली बिदेश जानु पर्ने बाध्यतालाई अन्त्य गर्नु पर्छ । नेपालीको सम्पूर्ण उपचार त छ नै विदशीलाई समेत नेपालमा उपचार को लागि आउने बाताबरण गराउन सके यो आर्थिक रूपमा सबल मात्र होइन नेपालको पर्यटनलाई समेत टेवा पुग्दछ । त्यसैले दुवाकोटको अस्पताल निर्माण छिटो सम्पन गर्न हामी सबै लाग्नु पर्छ ।

आगामी दिनमा अझै विकसित स्तरीय विश्वासिलो र सर्वसुलभ होस १३० औँ स्थापना दिवस को हार्दिक शुभकामना ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *