त्रिवि शिक्षण अस्पतालमा भयो कलेजोको दोस्रो प्रत्यारोपण

332
Shares
प्रत्यारोपण पछि शुक्रबार सामुहिक तस्विर खिचाउँदै चिकित्सक टोली

काठमाडौँ, ३ साउन । करीब एक महिना अघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज दोस्रो प्रत्यारोपण गरेको छ ।

कलेजो प्रत्यारोपण सर्जन रमेश सिंह भण्डारी नेतृत्वको टोलीले चिकित्सा विज्ञानमा अत्यन्तै जटिल मानिने कलेजो प्रत्यारोपण गरेको हो। प्रत्यारोपणका लागि डा भण्डारीको टोलीलाई भारतको नयाँ दिल्लीस्थित फोर्टिस हस्पिटलका वरिष्ठ सर्जन विवेक बिजको नेतृत्वमा आएको टोलीले सहयोग गरेको थियो ।

आजको प्रत्यारोपण ४४ बर्षका एक पुरुषमा गरिएको हो । उनलाई २८ बर्षीय ज्वाईले कलेजो दान गरेका हुन् । र उनीहरु दुबै उपत्यका बाहिरका रहेको पनि डा भण्डारीले बताए । विहान ७ बजेबाट शुरु भएको प्रत्यारोपण अघि दिउसो ३ बजे सकिएको उनले बताए ।

त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक प्रत्यारोपण गर्दा एपोलो अस्पतालबाट आएको टोलीले सघाएको थियो ।
नेपालमा कलेजो प्रत्यारोपणको शुरुवात भने भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको हो । सो केन्द्रमा अहिलेसम्म ४ वटा प्रत्यारोपण भइसकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *