बाढीग्रस्त क्षेत्रमा सर्पदंशको त्रास


सप्तरी, ३१ असार । जिल्लाको बाढी प्रभावित क्षेत्रमा सर्पदंशको घटना बढेको छ । आज सर्पले डसेका चार तथा बिच्छीले टोकेका एक जना अस्पताल भर्ना भएका छन् ।

सर्पले डसेर तिलाठी कोइलाडी गाउँपालिका–१ का रामकिसुन सदा, मन्सापुरकी सिमादेवी मण्डल, महादेवा गाउँपालिका–१ बल्थीकी मजिदन खातुन र राजविराज–१२ का रामकुमार यादव तथा बिच्छीले टोकेर रुपनी–२ की चन्द्रकला चौधरी गजेन्द्रनारायणसिंह अस्पताल भर्ना भएका हुन् ।

अस्पतालका अहब सन्तोष मेहताका अनुसार पाँच दिनयता सर्पदंशका २८ बिरामी उपचारका लागि आएका छन् । अन्य अस्पताल तथा निजी क्लिनिकमासमेत सर्पदंशका बिरामी उपचार गराउँदै आएका छन् । “सर्पदंशको घटना ह्वात्तै बढेको छ”, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले भने । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *