विशेषज्ञ चिकित्सकहरुको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ६३ प्रतिशत उत्तीर्ण

3.3k
Shares

काठमाडौँ, १४ असार । नेपाल मेडिकल काउन्सिलले पोष्टग्राजुएट्स तह (पीजी) अध्ययन पुरा गरेका चिकित्सकहरुको नाम दर्ता विशेष परीक्षा (लाइसेन्स) मा ६३ प्रतिशत उत्तीर्ण भएका छन् ।

नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान स्वयंम्भूमा दिउसो १ बजे देखि ३ बजेसम्म भएको विशेष परीक्षामा सहभागी ३४२ जनामध्ये २१७ जना उत्तीर्ण भएका हुन् ।परीक्षामा १२५ जना अनुत्तीर्ण भएको काउन्सिल प्रवक्ता प्राडा ढुण्डी पौडेलले बताए ।

उनका अनुसार आजको परीक्षाका लागि फारम भरेका ३ जना भने अनुपस्थित भए ।

आजको परीक्षामा विभिन्न ३८ विषयमा पीजी उत्तीर्ण गरेका चिकित्सकहरु सहभागी थिए ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *