केडीसीमा भयो दुर्लभ रोगबाट ग्रस्त बालिकाको उपचार

काठमाडौँ, १३ असार । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलमा दुर्र्लभ प्रकृतिको रोगबाट ग्रस्त एक बालिकाको उपचार भएको छ । बर्ष १५ की समिक्षा ( नाम परिर्वन) को मुखमा देखा परेको दुर्लभ प्रकृतिको रोग ‘डेस्मोप्लास्टिक अमिलोब्लास्टोमा’को सफल उपचार भएको हो ।

चिकित्सकका अनुसार यो रोग संसारभर अहिलेसम्म ११४ वटा केश मात्रै रिर्पोटेड छ । कान्तिपुर डेन्टलमा उपचार भएको भने यो पहिलो केश हो ।

उपचारमा सम्लग्न बरिष्ठ डेन्टल सर्जन डा सुमित सिंहका अनुसार यो दाँत तथा मुखमा देखिने ट्युमर हो । यसले दाँत रहने हड्डी कमजोर बनाउदै जान्छ । र धेरै भाग विग्रेमा हड्डी नै काटेर फाल्नुपर्ने (रिसेक्सन) हुन्छ । समिक्षाको केशमा पनि हड्डी काटेर फालिएको हो ।

‘यस्तो केशमा कम्तीमा एक सेन्टीमिटर सम्म हड्डी सद्धे नभए जोगाउन सकिदैन समिक्षाको केशमा त्यो भन्दा बढी भयो त्यसैले हामीले दाँत रहने हड्डी नै निकालेर अर्को टाइटेनिम रिकन्स्र्टक्सन गरेका छौँ ,’ डा सिंहले भने ।

एसइई दिएर बसेकी हाडीगाँउकी समिक्षामा यस्तो रोग लागेको छ भनेर न परिवारलाई थाह थियो न त उनी आफैलाई नै । हल्का नमिलेको जस्तो देखिने आफ्नोे दाँतमा ब्रेसेज (तार) लगाउन डेन्टल अस्पताल समिक्षाको परीक्षणको क्रममा गिजासंगै संगै सानो मासु पलाएको थियो । चिकित्सकले सो मासुको टुक्रा झिकेर बायप्सीका लागि सम्यक डाग्नोसिस सेन्टर पठाए । त्यहाँ पत्ता लाग्यो उनको दाँतलाई त दुर्लभ खालको रोगले समातेको रहेछ । 

कान्तिपुर डेन्टल अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ भन्छन्, ‘संसारमै दुर्लभ मानिने यो डेस्मोप्लास्टिक अमिलोब्लास्टोमा रोगको उपचार हामीले सहज रुपमा गर्न सफल भयौँ । य ढिलै भएपनि रोग पत्ता लाग्यो र सफल उपचार भयो । यो खुशीको कुरा हो ।’

उनले समयमै दाँतमा देखिएको सो समस्या पत्ता लागेको भए हड्डी काटनुपर्ने अवस्था नआउने बताए । ‘त्यसैले हामीले भनेका छौँ । मुख तथा दन्त परीक्षण नियमित रुपमा गर्नुपर्दछ । यदि समयमै यो रोग पत्ता लागेको भए यति ठूलो समस्या आउने थिएन सायद, उनले भने ।

कान्तिपुरले आफूकहाँ मुख तथा दन्त स्वास्थ्यको परीक्षण उपचारका लागि आवश्यक अत्याधुनिक उपकरण र दक्ष जनशक्ति रहेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *