नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागिर खाएको भन्दै अनमीमाथि अख्यिारको मुद्धा
काठमाडौँ, २९ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय रोल्पा अन्तरगर्तका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत अनमी विमला विष्टको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
अख्तियारले उजुरीको आधारमा रोल्पाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको शैक्षिक प्रमाणपत्र छानवीन गर्दा विष्टको प्रमाणपत्र नक्कली भएको बताएको छ ।
अख्तियारले अनमी विष्टले माध्यामिक शिक्षा परिषद, उत्तरप्रदेशबाट भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको झुटठा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी अनमी पढेको र अनमीको प्रमाणपत्रको आधारमा मासिका सहायक चौथोबाट अनमी सहायक चौथो पदमा अपग्रेडसमेत भइ राष्ट्रसेवकको ओहदामा रही सरकारी लाभ सुविधा लिई भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाजारी शुक्रबार जारी विज्ञप्तीमा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी लाभ सुविधा लिएको कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा(१) बमोजिमको कसुर गरेकोले विष्टलाई सोही ऐनको दफा १६ (१) बमोजिम सजाय हुन माग दावी गरिएको छ ।
सम्पर्क इमेल : [email protected]