पाल्पाको पूर्वखोला गाँउपालिकामा शुरु भयो जिरो होम डेलिभरी

1.5k
Shares

पाल्पा, २५ बैशाख । जिल्लाको पूर्वखोला गाँउपालिकाले वडाबाटै जिरो होम डेलिभरी अभियानमा शुरु गरेको छ । गाँउपालिकाले गत सोमबार वडा नं ५ बीरकोटलाई जिरो होम डेलिभरी वडाको घोषणा गरेको छ ।

उक्त वडामा गत आर्थिक बर्षमा ८० जना सुत्केरी भएकोमा ७६ जना स्वास्थ्य संस्थामा र ४ जना स्वास्थ्य संस्था लैजादै गर्दा बाटोमा सुत्केरी भएको गाँउपालिका सूचना अधिकारी मोहन ढकालले बताए । उनका अनुसार कुनैपनि वडाले ९५ प्रतिशत भन्दा बढी संस्थागत सुत्केरी भएमा त्यसलाई जिरो होम डेलिभरीको मान्यता दिइन्छ ।

सोमबार आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य नारायणप्रसाद आचार्यले उक्त वडा र स्वास्थ्य चौकीलाई जिरो होम डेलिभरीको प्रमाणपत्र दिएका थिए ।

सूचना अधिकारी ढकालले आगामी आर्थिक बर्ष भित्र गाँउपालिकाका सबै वडा जिरो होम डेलिभरी घोषणा हुने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *