पाल्पाको पूर्वखोला गाँउपालिकामा शुरु भयो जिरो होम डेलिभरी
पाल्पा, २५ बैशाख । जिल्लाको पूर्वखोला गाँउपालिकाले वडाबाटै जिरो होम डेलिभरी अभियानमा शुरु गरेको छ । गाँउपालिकाले गत सोमबार वडा नं ५ बीरकोटलाई जिरो होम डेलिभरी वडाको घोषणा गरेको छ ।
उक्त वडामा गत आर्थिक बर्षमा ८० जना सुत्केरी भएकोमा ७६ जना स्वास्थ्य संस्थामा र ४ जना स्वास्थ्य संस्था लैजादै गर्दा बाटोमा सुत्केरी भएको गाँउपालिका सूचना अधिकारी मोहन ढकालले बताए । उनका अनुसार कुनैपनि वडाले ९५ प्रतिशत भन्दा बढी संस्थागत सुत्केरी भएमा त्यसलाई जिरो होम डेलिभरीको मान्यता दिइन्छ ।
सोमबार आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य नारायणप्रसाद आचार्यले उक्त वडा र स्वास्थ्य चौकीलाई जिरो होम डेलिभरीको प्रमाणपत्र दिएका थिए ।
सूचना अधिकारी ढकालले आगामी आर्थिक बर्ष भित्र गाँउपालिकाका सबै वडा जिरो होम डेलिभरी घोषणा हुने बताए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

