२० महिना पछि प्रयोगशालाको दोस्रो पटक नेतृत्व गर्न पुगिन डा रुना झा

काठमाडौँ, १८ बैशाख । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको जिम्मेवारी डा रुना झाले पाएकी छन् । यसअघिका निर्देशक डा हरिषचन्द्र उप्रेतीले उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि झाले सो जिम्मेवारी पाएकी हुन् ।

यो संगै डा झाले प्रयोगशालामा दोस्रो पटक नेतृत्व गर्ने अवसर पाएकी छन् । यसअघि ६ भदौ २०७४ मा तत्कालिन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले तत्कालिन निर्देशक डा राजकुमार महतोलाई वीर अस्पताल सरुवा गरी डा झालाई प्रयोगशालाको नेतृत्व गर्ने जिम्मेवारी दिएका थिए । तर सो निर्णय विरुद्ध डा महतो सर्बोच्च गए र आफ्नै पक्षमा अन्तरिम आदेश लिएर आए ।

उनको अनिवार्य अवकाश पछि पनि डा झाले सो नेतृत्वमा जान पाइनन् । प्रयोगशालाको नेतृत्व गर्न वीर अस्पतालबाट डा उप्रेती आए ।

यसपटक भने उनले नेतृत्वको अवसर पाएकी छन् । डा झालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र नै दिइसकेको सहसचिव जनार्दन गुरागाईंले जानकारी दिए।

डा. झाले प्रयोगशालाको गुणस्तर बढाउने र अनुमगनलाई तिव्रता दिने बताइन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *