नौ जनाको ज्यान गएपछि कर्णाली प्रदेश सरकारले पठायो हेलिकप्टरमा चिकित्सक

1.6k
Shares

सुर्खेत १५ वैशाख । अज्ञात रोगबाट ९ जनाको ज्यान गएपछि कर्णाली प्रदेश सरकारले रोगप्रभावित क्षेत्र हुम्लाको ताजाकोट गाउँपालिकामा चिकित्सक र औषधि पठाएको छ ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयले आज विहानै रोग प्रभावित क्षेत्रमा औषधि र चिकित्सक सहितको हेलिकप्टर पठाएको हो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धारको काम गर्ने बताए । उनले रोग थप र्फलन नदिन र विरामीको समयमै उपचार गर्न प्रदेश सरकार गम्भीर भएर लागेको समेत जानकारी दिए ।

। हरेक वर्ष हुम्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा औषधि अभाव हुनाका साथै स्वास्थ्यकर्मीसमेत नियमित स्वाथ्यचौकीमा नभेटिँदा समस्या भएको स्थानीय बासिन्दाको गुनासो छ ।

हुम्लाको उक्त गाउँपालिकामा पहिचान नभएको रोगका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । सोही गाउँपालिका–१, २ र ३ थुप्रै मानिस थला परेको जनाइएको छ ।

अज्ञात रोगका कारण एक जनाको चैत २६ गते र अन्य आठको वैशाख पहिलो सातादेखि अहिलेसम्म मृत्यु भइसकेको छ । मैला स्वास्थ्यचौकीका अहेब मोतिलाल जैसीका अनुसार मृत्यु हुनेमा दुई बालक र सात वृद्ध छन् ।

शनिबार बिहान मात्रै ताजाकोट–१, जिमानागाउँका ५५ वर्षीय वीरबल रिठालको मृत्यु भएको थियो । यसअघि शुक्रबारसम्म ७५ वर्षीया कुसुमा रिठाल, ६० वर्षीय शुरजीत खड्का, वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षीया सुनकेसा सुनार छन् ।

यस्तै वडा नं ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जीव थापाको पनि ज्यान गएको स्वास्थ्यचौकी प्रमुख जैसीले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *