तीन महिना नपुग्दै स्वास्थ्यबाट सचिव घिमिरेको सरुवा

800
Shares

काठमाडौँ, ३ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे तीन महिना नपुग्दै सरुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको हो ।

गत ९ माघमा स्वास्थ्य मन्त्रालयको जनसंख्या महाशाखा हेर्ने सचिव केदारबहादुर अधिकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा हुँदा त्यहाँ कार्यरत घिमिरेलाई स्वास्थ्यमा सरुवा गरिएको थियो । उनले मन्त्रालयमा प्रशासन तथा जनसंख्या महाशाखा हेर्दैै आएका थिए ।

सोमबारको मन्त्रिपरिषद बैठकले घिमिरेलाई स्वास्थ्यबाट सरुवा गरेपनि स्वास्थ्यमा नयाँ सचिव पठाएको छैन । यसले अव अब स्वास्थ्यको जिम्मेवारी पुन एक जना सचिवलाई दिने मुडमा सरकार रहेको सरोकारवालाहरु बताउँछन् । स्वास्थ्यमा अहिले डा पुष्पा चौधरी सचिवकै रुपमा कार्यरत छिन् ।

यसअघि १७ मंसिरमा बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई स्वास्थ्य मन्त्रालयमा पठाएको थियो । तर अधिकारी दुई महिना नपुग्दै स्वास्थ्यबाट बाहिरिएका थिए ।

यस्तै सोमबारको बैठकले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा खटाइएको छ। मन्त्रालयका तत्कालिन सचिव दिनेशकुमार थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस भएसँगै सचिव पद रिक्त रहेको थियो।

हालै सचिवमा बढुवा भई पदस्थापन हुन बाँकी डा हरिप्रसाद पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जिम्मेवारी दिइएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *