सरकारी चिकित्सकको आन्दोलन स्थगन, आजबाट सेवामा फर्कदै


काठमाडौँ, २ वैशाख । समायोजन प्रक्रियाको विरोधमा आन्दोलन गर्दै आएको सरकारी चिकित्सक सङ्घ नेपाल (गोदान)ले आन्दोलन स्थगन गरेको छ । आइतबार बसेको गोदान केन्द्रीय समितिको बैठकले १५ दिनसम्मका लागि आन्दोलन स्थगन गर्ने निर्णय गरेको हो ।

सकारबाट समस्याको समाधान निकाल्ने आश्वासन आएको र जनताको स्वास्थ्य उपचार र चिकित्सकीय कर्तव्यसमेतलाई मध्यनजर गर्दै १५ दिनका लागि आन्दोलन स्थगन गरेका छौँ गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले भने। उनले आन्दोलनस्थगित भएसंगै आजबाट सबै सरकारी चिकित्सक पूर्ववत रुपमा सेवामा खटिने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले गोदानसंग कुनै वार्ता वा सहमति नभएको स्पष्ट पार्दै मन्त्री र सचिवबाट समस्या समाधानको आश्वासन दिइएको बताए । यद्धपी उनले उनले चिकित्सकको समस्या समाधानमा सरकार सकारात्मक रहेको जानकारी दिए ।

आफूहरुलाई सङ्घअन्तर्गत राख्नुपर्ने माग गर्दै सरकारी चिकित्सकले विगत १० दिनदेखि आकस्मिकबाहेकका स्वास्थ्य सेवा बहिष्कार गर्दै आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *