सुर्खेतको प्रदेश अस्पताल ३ सय बेडमा स्तरोन्नती गर्ने कर्णाली सरकारको निर्णय

पहिलेको मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतलाई पछि प्रदेश अस्पतालमा रुपान्तरण गरिएको थियो । ५० बेडको सोही अस्पताललाई अहिले ३ सय बेडमा स्तरोन्नती गर्ने निर्णय भएको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले शिक्षण अभ्यास सहितको ३ सय बेडको प्रेशण (रेफरल) अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय भएको बताए । ‘अब प्रदेशलाई विशेषज्ञ सेवा दिने एउटा रेफरल अस्पतालको रुपमा अघि बढाउँदै छौँ । यसले कर्णाली क्षेत्रका बासिन्दालाई विशेषज्ञ सेवा लिन नेपालगञ्ज र काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य हुनसक्छ,’ मन्त्री रावलले भने ।
यसैबीच सो बैठकले प्रदेश २ का हावाहुरी प्रभावितका लागि राहतस्वरुप १ करोड रुपैयाँ सहयोग गर्ने समेत निर्णय गरेको छ।
प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी १ करोड उपलब्ध गराउने निर्णय गरेको हो।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]