गण्डकी प्रदेश सरकारले सञ्चालनमा ल्यायो स्वास्थ्य तालिम केन्द्र
पोखरा , ८ चैत । प्रदेश मातहतमा रहने गरी गण्डकी प्रदेश सरकारले स्वास्थ्य तालिम केन्द्र सञ्चालनमा ल्याएको छ । पोखरामा आज आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेश स्वास्थ्य तालिम केन्द्रको उद्घाटन गरिन ।
सो अवसरमा बोल्दै प्रदेश मातहतमा रहने स्वास्थ्यकर्मीको बृत्तिविकासका लागि तालिमकेन्द्र उपयोगी हुने बताइन ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेल, स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक रमेश प्रसाद अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै कायृक्रममा स्वास्थ्य कार्यलय कास्कीका प्रमुख तथा स्वास्थ्य निर्देशनालयका निर्देशकको समेत उपस्थिति थियो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

