पृथ्वी चन्द्र अस्पतालको सेवामा सुधार
नेपाली हेल्थ २०७५ फागुन १४ गते १६:०१ 0
नवलपरासी, १४ फागन। पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा पछिल्लो पटक सेवा प्रवाहमा सुधार आएपछि बिरामी लाभान्वित बनेका छन् ।सधैँ चिकित्सक अभाव हुने पृथ्वीचन्द्र अस्पतालमा अहिले तीनजना विशेषज्ञ चिकित्सक छन् । ५० श्या र ५२ जना कर्मचारीको दरबन्दी रहेको यस अस्पतालमा ३१ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।
अहिले विशेषज्ञ चिकित्सक आएपछि प्रसूतिसँगै उपचार सेवामा सुधार आउन थालेकाले बिरामीको चाप पनि क्रमशः बढ्न थालेको अस्पतालले जनाएको छ ।
पछिल्लो पटक प्रसूति सेवा समेत विस्तार भएपछि जिल्ला अस्पतालमा आएर प्रसूति सेवा लिने महिलाको सङ्ख्या बढेको देखिन्छ ।
अहिले मासिक करीब १४० जनाको प्रसूति हुने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा अनन्त शर्माले जानकारी दिए ।
गत भदौमा शल्यक्रियासहितको प्रसूति सेवा विस्तार गरेपछि अहिले छ महीनाको अवधिमा १३० जनाको शल्यक्रियाबाट मात्रै प्रसूति सेवा प्रदान गरिएको उनले बताए ।
त्यसअघि सामान्य प्रसूति सेवा मात्र उपलब्ध थियो । अस्पतालका अनुसार गत आर्थिक वर्षमा ८८० जनाले प्रसूति सेवा लिएकामा अहिले चालु आवको छ महीनामै ८५७ जनाले प्रसूति सेवा लिएका छन् ।रासस
सम्पर्क इमेल : [email protected]
-
प्रयोगशाला मापदण्ड सुदृढीकरण: गुणस्तरीय उपचार र बलियो स्वास्थ्य प्रणालीको आधार
-
नयाँ बानेश्वरमा प्रोस्टेट सम्वन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न
-
राष्ट्रिय खोप कार्यक्रममा समाहित भयो एचपीभी खोप, यसवर्ष फागुनमा तीन लाख बढी छात्रालाई दिईने
-
नेपाल मेडिकल काउन्सिल निर्वाचन: उपत्यका बाहिरको १८ मतदान केन्द्रमा कति खस्यो भोट ? (सूचीसहित)
-
स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण : अबको बाटो के ?
-
-
जनै खटिरा के कारणले आउँछ ? निदान तथा उपचार कसरी गर्ने ?
-
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशक पदमा डा. भुवन पौडेलको पदस्थापन
-
चिकित्सक संघको निर्वाचन : यी हुन् टिम मंगलबाट उम्मेद्धारी दिने चिकित्सकहरु
-
चिकित्सक संघको निर्वाचन : यी हुन् टिम बद्रीबाट उम्मेद्धारी दिने चिकित्सकहरु
-
स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण : अबको बाटो के ?
-






