डा. केसीका ‘काउन्टर अनशनकारी’ विजय थापाले आज जुस पिउदै

काठमाडौँ, १९ माघ । डा. गोविन्द केसीलाई ‘काउन्टर’ दिदै त्रिवि शिक्षण अस्पतालमै अनशन बसेका विजय थापाले आज अनशन तोडने भएका छन् । विहान ११ एघार बजे एक जना बालक र एक जना बृद्धको हातबाट जुस पिएर उनले अनशन तोडन लागेका हुन् ।

गत २५ पुसमा इलाम पुगेर डा केसीले अनशन सुरु गरेपछि सोही ठाँउ पुगेर २७ पुसबाट थापाले अनशन सुरु गरेका थिए । स्वास्थ्य अवस्था विग्रिएको भन्दै डा केसीलाई काठमाडौँ ल्याएपछि सोही दिन थापालाई पनि काठमाडौँ ल्याइएको थियो ।

डा केसी त्रिवि शिक्षण अस्पतालको आइसियू, क्याविन हुँदै गणेशमान भवनको कोठामा पुगेर अनशन जारी राख्दा थापालाई भने पहिले केसीलाई राखेको क्याविन ५०२ मा सारिएको थियो । उनले अहिले पनि त्यहिबसेर अनशन गरेको बताइका छन् ।

थापाका सहयोगी पुष्प भण्डारीले डा केसीले अनशन तोडेपछि आफूहरुको मुख्य माग पुरा भएको भन्दै अनशन तोडन लागेको बताए । अनशन तोडेपछि स्वास्थ्य उपचारमा राखिन्छ होला नि भन्ने प्रश्नमा भण्डारीले उपचारका लागि शिक्षण अस्पतालमा नराख्ने बताए । ‘हामी बाहिरिन्छौँ, अरु नै कुनै निजी अस्पतालमा गएर उपचार गराउने योजना छ ।’

थापाले अनशन थालेको आज २३ औँ दिन हो ।

डा केसी निकटस्थहरुले थापाको अनशनलाई नक्कली भन्दै आएका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले त नक्कली अनशनकारी खडा गरी सत्याग्रहको भावनामाथि नै चोट पुरयाइएको बताएकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *