रेडियोलोजिष्ट एसोसिएशनमा नयाँ कार्यसमिति, अध्यक्षमा प्राडा कार्की

2.6k
Shares

काठमाडौँ, १३ माघ ।नेपाल रेडियोलोजिष्ट एसोसिएशनको शनिबार सम्पन्न बार्षिक साधारण सभाले प्राडा दानबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

एसोसिशनका अनुसार समितिको उपाध्यक्षमा डा प्रकाश कायस्थ र महासचिवमा डा अनामिका झा निर्वाचित भएका छन् । यस्तै सहसचिवमा डा कृष्ण बुढाथोकी, कोषाध्यक्षमा डा सुन्दर सुवाल र सह कोषाध्यक्षमा डा मनिन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यहरुमा डा प्रकाश शर्मा, डा सूर्यप्रसाद सापकोटा र डा कल्पना राई छन् ।

एसोसिएशनमा २ सय बढी रेडियोलोजिष्ट आवद्ध छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *