रेडियोलोजिष्ट एसोसिएशनमा नयाँ कार्यसमिति, अध्यक्षमा प्राडा कार्की
काठमाडौँ, १३ माघ ।नेपाल रेडियोलोजिष्ट एसोसिएशनको शनिबार सम्पन्न बार्षिक साधारण सभाले प्राडा दानबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
एसोसिशनका अनुसार समितिको उपाध्यक्षमा डा प्रकाश कायस्थ र महासचिवमा डा अनामिका झा निर्वाचित भएका छन् । यस्तै सहसचिवमा डा कृष्ण बुढाथोकी, कोषाध्यक्षमा डा सुन्दर सुवाल र सह कोषाध्यक्षमा डा मनिन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यहरुमा डा प्रकाश शर्मा, डा सूर्यप्रसाद सापकोटा र डा कल्पना राई छन् ।
एसोसिएशनमा २ सय बढी रेडियोलोजिष्ट आवद्ध छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



