कृषि राज्यमन्त्री चौधरीको घुँडाको शल्यक्रिया राष्ट्रिय ट्रमा सेन्टरमा

काठमाडौँ, ४ मंसिर । कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीको राष्ट्रिय ट्रमा सेन्टरमा घुडाको शल्यक्रिया भएको छ । सेन्टरका निमित्त निर्देशक एवं बरिष्ठ अर्थोपेडिक सर्जन डा. विनोद शेरचनको नेतृत्वमा चिकित्सकहरुको टोलीले सोमबार (हिजो) शल्यक्रिया सम्पन्न गरेका हुन् ।

राज्यमन्त्री चौधरीको दाँया घुडाको भित्रपट्टीको कुरकुरे हड्डी (नि – मेनिस्कस) मा समस्या थियो । चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । उनले शल्यक्रियाका लागि सरकारी अस्पताल राष्ट्रिय ट्रमा सेन्टर रोजिन ।

‘उहाँ शल्यक्रियाका लागि हामीकहाँ नै आउनु भयो । हामीले आर्थोस्कोपि (दुरबीनको माध्यमबाट प्वालपारेर गरिने) शल्यक्रिया गरिदियौँ । अब एक दुई दिनमा डिस्चार्ज हुनुहुनेछ,’ डा. शेरचनले भने ।

शल्यक्रियापछि राज्यमन्त्री चौधरीलाई बीर अस्पतालको भिआईपी क्याविनमा राखिएको छ ।

द्धन्दकालका बेला र त्यसपछि समेत लडेर लागेको चोटका कारण उनको दाँया घुँडाको कुरकुरे हड्डी च्यापिएको डा. शेरचनले बताए ।

उनले मन्त्रीले मन्त्रीले उपचारका लागि सरकारी अस्पताल रोजेकोमा खुशी व्यक्त गरे ।

करीब १ घण्टामा सम्पन्न भएको शल्यक्रियामा डा सरोज राई, डा अर्जुन पौडेल, एनेस्थेसियामा डा सुजिता मानन्धरको टीम खटिएको डा. शेरचनले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *