सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी एसिया प्यासेफिक सम्मेलन बालीमा शुरु
बाली, २८ भदौ । सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धि एसिया प्यासेफिक राष्ट्रहरुको अन्तराष्ट्रिय सम्मेलन इन्डोनेसियाको बालीमा बिहीबारबाट शुरु भएको छ ।
‘बाह्रौ एसिया प्यासिफिक कन्फ्रेन्स अन् टोवाको अर हेल्थ’ नाम दिइएको उक्त सम्मेलनको उद्घाटन इन्डोनेसियाका स्वास्थ्य मन्त्री निला मोइलोइकले गरेकी थिइन ।
उक्त सम्मेलनमा २९ देशका एक हजार बढी प्रतिनिधिहरुको सहभागिता छ ।
सूर्तिजन्य पदार्थ नियन्त्रण गर्नका लागि प्रतिवद्धता जनाउन दुई बर्षमा गरिने उक्त सम्मेलनले दीगो विकास लक्ष्य प्राप्तिका लागि सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न जरुरी रहेको जनाएको छ ।
सम्मेलनको उद्घाटन मन्तव्य दिदै स्वास्थ्य मन्त्री मोइलोइकले इन्डोनेसियामा सूर्तिजन्य पदार्थको सेवन दिन प्रतिदिन ठूलो चुनौती बन्दै गएको भन्दै यसलाई तत्काल रोक्न नसके राज्यले ठूलो मूल्य चुकाउनुपर्ने बताइन । उनले अर्थ मन्त्रालयले विस्तारै सूर्तिजन्य पदार्थमा कर बढाउँदै लगि रहेको र यसको दर थप गर्दै लैजानुपर्ने बताइन ।
सोही समारोहलाई सम्वोधन गर्दै इन्डोनेसियाका राष्ट्रिय योजना विकास मन्त्री बामबाङ ब्रोडिन्जोगोरोले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि बहुक्षेत्रीय सहयोगको आवश्यकता हुने बताए । उनले सूर्ति उत्पादन गर्ने किसानहरुलाई बैकल्पिक पेशा तर्फ उन्मुख गराउन तर्फ लाग्नुपर्ने बताए ।
सोही सम्मेलनमा महिला तथा बालबालिका मन्त्री युहाना एम्बिसेले सूर्ति उद्योगीहरुले बालबालिका र युवाहरुमा आफ्ना उत्पादन केन्द्रीत गरेको भन्दै यी समूहलाई सरकारले बेलैमा सचेत गराउनुपर्ने बताइन् ।
बालीका गर्भनर इकता सुवरजाईले पर्यटकीय नगरी बालिमा सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न आवश्यक रहेको बताए ।
यता द युनियन एसिया प्यासीफिकका उप निर्देशक डा तारा सिंह बम सूर्तिजन्य पदार्थ सम्बन्धी अन्तराष्टिय र राष्टिय सन्धिहरुलाई पालना गर्दै यस क्षेत्रका सवै देशहरुले तत्काल कार्यन्वयन गर्न तर्फ नलागे अवको पुस्ता स्वास्थ्य भेट्न मुस्किल पर्ने धारणा राखे ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका महासचिव डा. टेडरोसले सम्मेलन सफलताको भिडियो सन्देश पठाएका थिए । उक्त सम्मेलन तीन दिनसम्म चल्नेछ ।
सो विभिन्न देशबाट सहभागी हुन आएकाहरुले आफ्ना पोष्टर तथा ओरल प्रस्तुतिहरु राखेका थिए ।
सम्पर्क इमेल : [email protected]