स्वास्थ्य बीमाको सेवा प्रदायक संस्थालाई आज थप ९१ करोड १८ लाख भुक्तानी गर्दै बोर्ड

968
Shares

काठमाडौँ, २ असार । स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गर्ने २०२ वटा स्वास्थ्य संस्था तथा अस्पताललाई आज ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट रकमान्तर गरी जम्मा भएको सो रकम आजै भुक्तानी गरिन लागेको बोर्डको दावी भुक्तानी शाखा प्रमुख डा पवनकुमार साहले जानकारी दिए ।

त्यसो त बर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा रहेको जनाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता स्वयंले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखेर अघि बढेको बताएकी छन् ।

भुक्तानीलाई प्राथमिकता

आज झण्डै अर्व नजिक भुक्तानी हुँदै गर्दा यसअघि दुई पटक पनि विभिन्न शीर्षकमा बोर्डले भुक्तानी गरिसकेको छ ।

गत १३ जेठमा स्वास्थ्य बीमा बापतको १ अर्ब ३ करोड २४ लाख ७७ हजार भुक्तानी गरेको बोर्डले गत २१ जेठमा विपन्न नागरिकको औषधी उपचार खर्चबापतको ३२ करोड १३ लाख ६ हजार निकासा गरेको थियो ।

बोर्डले ५ दिन अघि अर्थात २७ जेठमा पनि थप २७ करोड ३७ लाख ७८ हजार भुक्तानी गरेको थियो । विपन्नको आजै केही थप वितरण गर्ने समेत जनाएको छ ।

स्वास्थ्य बिमा बोर्डका निर्देशक शकुन्तला प्रजापति सेवा प्रदायक संस्थाहरूको बक्यौता भुक्तानीलाई निरन्तरता दिँदै स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएर अघि बढेको बताउँछिन् । उनले लामो समय देखि बक्यौता रहेको सोधभर्नालाई निरन्तरा दिईने जानकारी दिईन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *