चिकित्सक संघ कर्णाली शाखाले भन्यो ‘डा. केसीलाई तत्काल रेक्स्यु गरियोस्’

काठमाडौँ, ३ साउन ।  नेपाल चिकित्सक संघ कर्णाली शाखाले अनशनरत डा. गोविन्द केसीलाई तत्काल एयर लिफ्ट गरी सुविधा सम्पन्न अस्पतालमा सार्न सरकारसंग माग गरेको छ ।

कर्णाली शाखाले आज विज्ञप्ती जारी गर्दै जीवन रक्षाका लागि तत्काल सुविधासम्पन्न अस्पतालमा पुरयाउन माग गरेको हो ।

शाखा अध्यक्ष डा मंगल रावलद्धारा जारी विज्ञप्तीमा ‘ डा. केसीको उपचार सम्लग्न मेडिकल टिमबाट प्राप्त रिपोर्टले नै स्वास्थ्य अवस्था प्रष्ट्याएको भन्दै आइसियू र सिसियू सेवा समेत उपलव्ध नभएको अस्पतालमा राख्नु खतरा हुने’ उल्लेख छ ।

विज्ञप्तीमा प्रतिष्ठानको एमबीबीएस पढाई सुरु नहुनुमा सरकार नभई पदाधिकारीहरु दोषी भएको समेत खुलाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *