जबसम्म मेरा माग पुरा हुँदैनन् म जुम्लामै बसेर सत्याग्रह जारी राख्नेछु : डा. केसी

काठमाडौँ, ३ साउन ।  जुम्लामा अनशनरत डा. गोविन्द केसीले माग पुरा नभएसम्म जुम्ला नछाडने बताएका छन् । सरकारले डा केसीलाई उपचारका लागि काठमाडौँ ल्याउने चर्चा चलिरहेका बेला उनले यस्तो बताएका हुन् ।

आज विहान अडियो सन्देश मार्फत उनले आफू माग पुरा नहुँदासम्म जुम्लामै रहने प्रण गरेको स्पष्ट पारेका छन् ।

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्याग्रहमा छु र मलाई यहाँ कार्यरत चिकित्सक नर्स र प्यारामेडिक्सको टिमले राम्रोसंग उपचार दिइरहनु भएको छ । र म पूर्ण सन्तुष्ट छु । तर सुन्नमा के आएको छ भने मलाई यहाँबाट राज्यले अपहरण गरेर काठमाडौँ लैजादै छ र यदि राज्य साच्चिकै सम्बेदनशील हो भने मेरो माग पुरा गरिदिए भै गयो नि ।,’ उनले अडियोमा भनेका छन् ।

यस्तो छ उनको अडियो सन्देश

नमस्ते आज सत्याग्रहको बीसौ दिन हो ।

म कर्णाली अञ्चलको जुम्ला जिल्लाको सदरमुकाम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्याग्रहमा छु । र, मलाई यहाँ कार्यरत चिकित्सक, नर्स र प्यारामेडिक्स को टीमले राम्रोसंग उपचार दिइराख्नु भएको छ । र म पूर्ण रुपमा सन्तुष्ट छु ।

तर,  सुन्नमा के आएको छ भने देखि मलाई राज्यले यहाँबाट अपहरण गरेर काठमाडौँ लादैछ । र अपहरण गरेर लिएर गएर हाम्रो यो अभियान तुहाउने प्रयास गर्दैछ भनेर सुन्नमा आएको छ ।

र,  राज्य चाही यदी राज्यको भनाईचाही मेरो स्वास्थ्य प्रति चिन्तित छ भने सम्वेदनशील छ भने मेरो माग पुरा गर्न तिर लाग्नु परयो । मेरो माग पुरा गर्नुपरयो । त्यो भएपछि म त अनशन तोडिहाल्छु नि ।

तर,  के छ भने देखि यो मेरो लागि पवित्र स्थल हो । र चन्दननाथ बाबाको काखमा बसेर म सत्याग्रह गरिराखेको छु ।

जवसम्म माग पुरा हुँदैन यहि जुम्लामा यहि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बसेरै मेरो अनशन अथवा सत्याग्रह जारी राख्नेछु ।

मेरो नागरिक अधिकार खोस्ने कसैलाई अधिकार छैन र गुण्डागर्दी चल्दैन ।

अनि के छ भनेदेखि अहिलेको लडाई राज्यपक्ष मफिया डन र अधिनायकबाद पोस्न तिर लागेको छ । त्यसको विरुद्ध हामी लागेका छौँ ।

जनताको हक हितको लागि लडिरहेका छौँ । र मफिया डन र अधिनायक बादको हार हुन्छ र जनताको जीत हुन्छ ।

नमस्ते ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *