स्वास्थ्य संस्था बन्द गर्ने एनएमएको घोषणालाई गोदानको साथ
काठमाडौँ, २ साउन । विहीबार देशव्यापी रुपमा स्वास्थ्य संस्था बन्द गर्ने नेपाल चिकित्सक संघ (एनएमए)को घोषणालाई सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले साथ दिएको छ ।
गोदानले आज अपरान्ह एक विज्ञप्ती जारी गर्दै एनएमएद्धारा विहीबारका लागि घोषित कार्यक्रम प्रति आफूहरुको एकेवद्धता रहेको जनाएको छ ।
गोदान अध्यक्ष डा. दीपेन्द्र पाण्डेद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सत्य र निष्ठाका अभियन्ता डा. केसीको जीवनरक्षाका लागि सरकारी चिकित्सक संघ नेपाल सरकार समक्ष जोडदार अपिल गर्दछ। साथै नेपाल चिकित्सक संघ द्वारा आज (२०७५/०४/०२) प्रकाशित विज्ञप्तिमा यस संघको पूर्णतस् एक्यवद्धता रहेको सम्बन्धित सबैलाई जानकारी गराउदछौं।’
गोदानले १९ दिन देखि आमरण अनशनमा रहेका डा केसीको जीवन रक्षाका लागि सरकारले कठोर मौनता साधेको आरोप लगाएको छ ।
अस्पताल बन्द गर्ने एनएमएको घोषणा प्रति राष्ट्रिय चिकित्सक संघ, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संघ, नेपाल नर्सिङ संघ लगायतले भने विरोध गरेका छन् । उनीहरुले बन्दको अवज्ञा गर्ने समेत जनाएका छन् ।
सम्पर्क इमेल : [email protected]