काठमाडौँ डायविटिजमा उपचार गराउनेको सख्या तीन बर्षमा ४३ हजार नाघ्यो

ललितपुर, २ साउन । जाउलाखेलस्थित काठमाडौँ डायविटिज एण्ड थाइराइड सेन्टर मंगलबारदेखि चौथो बर्षमा प्रवेश गरेको छ । अल्का अस्पताल परिसरमै रहेको सो सेन्टरले तीन वर्षको अवधिमा ४३ हजार बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ ।

सेन्टरले मधुमेह, थाइराइड तथा हर्मोन लगायतका स्वास्थ्य समस्या निराकरणका लागि विषेशज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

सेन्टरमा बरिष्ठ इन्डोक्राइनोलोजिस्ट अंशुमाली जोशी, डा प्रियादर्शनी योन्जन लगायतले सेवा उपलव्ध गराउँदै आएका छन् ।

त्यसो सेन्टरले उपचारबाहेक निशुल्क स्वास्थ्य परीक्षण शिविर, जनचेतना मुलक रयालीहरु समेत बेला बखतमा गर्दै आइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *