अडानबाट टसमस नभएपछि सरकार र डा. केसी पक्षबीचको बार्ता निस्कर्षविहीन

काठमाडौँ, १ साउन । सरकार र डा गोविन्द केसीका प्रतिनिधिबीच आजै बसैको पछिल्लो बार्ता पनि विना निस्कर्ष टुगिएको छ । दुबै पक्ष आफ्ना अडानबाट पछि नहटेपछि बार्ता निस्कर्ष विहीन भएको हो ।

बार्तामा सहभागी एक सदस्यका अनुसार सरकारी टोली डा केसीको विग्रँदो स्वास्थ्य अवस्थालाई ध्यान दिदै उनलाई तत्काल काठमाडौँ ल्याउने विषयमा सहमति चाहेको थियो । उता डा केसी पक्ष भने संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिएपछि मात्रै डा केसी काठमाडौँ आउने कुरा भएको भन्दै आफ्नो पूर्ववत अडानमै रहयो ।

राती ९ बजेबाट करीब १ घण्टा चलेको बार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बलार, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्दैशक डा गुणराज लोहनी थिए । यता डा केसीका तर्फबाट बार्ता गर्न डा सुरेन्द्र भण्डारी, डा अभिषेक राजसिंह , ओमप्रकाश अर्याल लगायतका टोली सहभागी थियो ।
डा केसीले अनशन शुरु गरेको आज १८ औँ दिन पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *