प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न : उपचार गर्न बंगलादेश किन नगएको ?
काठमाडौँ, ३० असार । नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले नेपाललाई मेडिकल हव बनाउछु भन्ने प्रधानमन्त्री केपी ओलीको नै बुझाई गलत रहेको बताएका छन् । उनले मेडिकल हब बनेपछि गुणस्तरीय स्वास्थ्य सेवा पाउने भन्नेमा ‘ग्यारेन्टी’ नभएको भन्दै सो धारणा बदल्न आग्रह गरे ।
जुम्लामा अनशनरत डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा आयोजित कोण सभालाई सम्वोधन गर्दै सांसद थापाले भने, मेडिकल हव बनाउँछु भन्ने प्रधानमन्त्री उपचार गर्न किन सिंगापुर जानुपरयो ? बंगलादेश किन नजानुभएको ? बंगलादेश त मेडिकल हव हो त ।
उनले नेपालमा मेडिकल पढन आउने विद्यार्थी गुणस्तरीय शिक्षा देखेरै आएको ठोकुवा गर्दै मेडिकल हव बनाउन तर्फ लागे ती विद्यार्थी पनि नआउने ठोकुवा गरे ।
सरकारले चिकित्सा शिक्षा विधेयक भोलि पुन संसदमा ल्याउन लागको भन्दै सांसद थापाले भने यहि अवस्थामा यो विधेयक अघि बढ्न सक्दैन ।
उनले प्रधानमन्त्रीलाई माथेमा कार्यदलले दिएको सुझाव अनुसार विधेयक हुवहु लागू गरि सबै जनताको वाहवाही लिन समेत आग्रह गरे ।
‘सरकारलाई अनुरोध गर्दैछु । केसी एक जोगी हुन् । हिम्मत छ भने जागिर छोडेर आऊ भन्नेहरु पनि छन्, थापाले थपे, ‘जसले जिन्दगी छोड्छु भनेको छ, उसलाई जागिरको के चिन्तार ?’ डा केसीमाथि लगाइएको राजनीतिक छापको पनि थापाले विरोध गरे।
‘कतिले केसीलाई कांग्रेस वा कतिपयले विवेकशील साझा पनि भन्छन्, थापाले भने, ‘डा केसी फकिर हुन्। पार्टीको झन्डा नबोकी हिँड्न सक्छन्।’
थापाले केसी कसैले फकाएर नफकिने भन्दै चिकित्सा शिक्षा विधेयक ठीक तरिकाले सम्बोधन नहुञ्जेल उनलाई कसैले हल्लाउन नसक्ने बताए।
दश बर्ष काठमाडौँमा मेडिकल कलेज खोल्नु हुन्न भन्ने माग केसीको नभएको भन्दै सांसद थापाले माथेमा आयोगको सिफारिसलाई केसीसंग जोडेर नहेर्न आग्रह गरे ।
डा केसीकै कारण चिकित्सा शिक्षामा शुल्क तोकिएको, मेडिकल अध्ययन गर्न विदेश जानेहरुको संख्यामा नियन्त्रण भएको दावी गर्दै उनले डा केसीले उठाएका कुनै पनि माग गलत नभएको प्रमाणित भएको बताए ।
सम्पर्क इमेल : [email protected]