‘गतल रिपोर्ट’ बनाउन नमान्दा डाक्टरमाथि ‘दुर्व्यवहार’ ! विरोधमा मेडिकल रिपोर्ट बनाउन बन्द

काठमाडौँ, २८ असार । गतल मेडिकल रिपोर्ट बनाउन नमानेकै कारण एक जना डाक्टरमाथि गृह मन्त्रालयबाटै दुर्व्यवहार भएको भन्दै राष्ट्रिय ट्रमा सेन्टरले मेडिकल रिपोर्ट बनाउने काम तत्कालका स्थगित गरेको छ ।

ट्रमा कार्यरत डा भोजराज अधिकारीलाई मंगलबार द्धन्दपिडीत बताउने एक समूहले ओपिडी कक्षमै पुगेर गतल रिपोर्ट बनाउन दवाव दिएको थियो । सो समूहको दवावलाई वेवास्ता गरेपछि सोही दिन दिउसो गृहमन्त्रालयमा पुरयाएर थप दवाव दिइएको थियो ।

अस्पतालमा विरामी जाँचिरहेका चिकित्सक लाई गलत मेडिकल रिपोर्ट बनाउन दवाव दिनु र त्यहाँ नबनाएकै कारण पुन : गृहमन्त्रालयमा बोलाइनु र त्यहाँ समेत दवाव तथा धम्की दिइनुले चिकित्सकको सुरक्षामा गम्भीर खतरा पैदा भएको भन्दै रिपोर्ट बनाउने काम बन्द गरिएको ट्रमा सेन्टरले जनाएको छ ।

डा अधिकारीले आफूलाई गलत रिपोर्ट बनाउन गृहमन्त्री रामबहादुर थापा बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले धम्कीपूर्ण भाषामा दवाव दिएको बताए । उनले आफूले गतल काम नगर्ने अडान लिँदा जे पनि हुनसक्ने भन्दै धम्की दिइएको बताए ।

छलफलका लागि बोलाइएको छ : उपकुलपति प्राडा गुरुङ
बिरामीको उपचार गरिरहेका डाक्टर अधिकारीलाई अपहरणशैलीमा उठाई गृह मन्त्रालयमा पुरयाएर गलत रिपोर्ट बनाउन दवाव दिएको कुरा सार्वजनिक भएपछि गृहमन्त्री रामबहादुर थापा बादलको आलोचना सुरु भएको छ । आज प्रतिनिधिसभाको बैठकमा प्रमुख विपक्षी दलका सांसदहरुले सरकारको चर्को आलोचना गरेका थिए ।

यसैबीच गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबारको घटनाबारे बुझ्न तथा छलफल गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा गणेश गुरुङ र डा अधिकारीलाई मन्त्रालय डाकेका छन् । ‘अघि मेरो कुरा भयो, गृह मन्त्री र गृह सचिवले यो घटनालाई गम्भीर रुपले लिएको छौँ भन्नु भएको छ । हामीलाई यसबारेमा थप जानकारी लिन भोलि विहानका लागि मन्त्रालयमा डाकिएको छ,’ गुरुङले भने ।

यसैबीच डा अधिकारीमाथि भएको दुर्व्यवहारको नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघले भत्सर्ना गरेका छन् । उनीहरुले विज्ञप्ती जारी गर्दै घटनाको भत्सर्ना  गरेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *